शनिबार, कार्तिक २, २०७६ | Saturday 19th October 2019

‘जिपी डान्सिङ स्टार’ सम्पन्न, पौडेललाई उपाधि

२ चैत्र, काठमाडौँ ।
चाबहिल, सिफलमा रहेको जिपी कोइराला मेमोरियल कलेजले ‘जिपी डान्सिङ स्टार’ सम्पन्न गरेको छ ।


ADVERTISEMENT


चैत्र १ गते कलेजको प्रांगणमा अध्ययनरत विद्यार्थीहरु विच नृत्य प्रतियोगिता गर्दै ‘जिपी डान्सिङ स्टार’ सम्पन्न गरेको हो ।
बिहान ७ बजेदेखी सुरु गरिएको उक्त ‘जिपी डान्सिङ स्टार’ कार्यक्रम बिहान १० बजेसम्म चलेको थियो ।


उक्त प्रतियोगितामा १६ प्रतिस्पर्धिहरुलाई पछि पार्दै यस वर्षको ‘जिपी डान्सिङ स्टार’ को उपाधि बिबिएस तेश्रो वर्षकी गिता पौडेलले जितेकी छिन् । बिएसडब्लु प्रथम वर्षकी समिक्षा राई दोश्रो र बिए तेश्रो वर्षकी मुना थापा मगर तेश्रो भएकी छिन् ।


विजयी विद्यार्थीलाई शुक्रबार नै पुरस्कृत गरिएको छ । प्रथम, द्धितीय र तृतीयलाई ट्रफीद्धारा पुरस्कृत गरिएको हो ।
कार्यक्रममा कलेज ब्यबस्थापन टिम, क्याम्पस प्रमुख खिला सापकोटा, प्रोफेसर, विद्यार्थी एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सापकोटाले विजयी विद्यार्थीहरुलाई बधाई दिदै विद्यार्थीहरुको अन्तरनिहित क्षमताको उजागर गर्न यि र यस्ता कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । चैत्र ७ गते सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता एवं नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाको विशेष आतिथ्यतामा जिपी कोइराला मेमोरियल कलेजलको स्थापना दिवस मनाईने क्याम्पस प्रमुख सापकोटाले बताए ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार