बुधबार, साउन ८, २०७६ | Wednesday 24th July 2019

नेपाल सेन्ट्रलको ‘१३औँ अभिभावक दिवस’ सम्पन्न

काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ३२, जडिबुटी नरेफाटमा रहेको नेपाल सेन्ट्रल हाई स्कुलले आफ्नो ‘१३औँ अभिभावक दिवस’ यहि फागुन १८ गते शनिबार सम्पन्न गरेको छ ।
पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा गरिएको उक्त अभिभावक दिवसमा विभिन्न विद्यालयका प्रिन्सिपल, स्कुल व्यबस्थापन टिम, अभिभावक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिरुको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT


कार्यक्रममा नेपाल सेन्ट्रलमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न ३५ गीतमा आफ्नो नृत्य, संगित, नाटक, फेसन शो, कविता वाचन, सांस्कृतिक लोक नृत्य प्रस्तुत गरेका थिए ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चलेको उक्त अभिभावक दिवस कार्यक्रममा एक हजार भन्दा बढि अभिभावकहरुको उपस्थिति रहेको बताईएको छ ।
वर्षभरि विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई उक्त अवसरमा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं पूर्व प्रधानमन्त्री नेपालले नेपाल सेन्ट्रल हाई स्कुलको १३औँ अभिभावक दिवसमा सहभागि हुन पाउदा खुशी व्यक्त गर्नुभयो । यस्तै निजी विद्यालयहरुको लगानी सुरक्षित बनाउने र संस्थागत विकासमा आफ्नो सहयोग रहने बताउनु भयो ।


यस्तै प्रिन्सिपल सुर्य भण्डारीले नेपाल सेन्ट्रल हाई स्कुलले ब्यबहारिक, गुणस्तरिय, संस्कार एवं प्राविधिक शिक्षालाई जोड दिँदै आएको बताउनु भयो । आगामी दिनमा पनि विद्यार्थीको चौतर्फी विकासमा समर्पित रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।


कार्यक्रमका सभापति एवं नेपाल सेन्ट्रल हाई स्कुलका अध्यक्ष उत्तर कुमार राईले कार्यक्रमको समापन गर्दै सभ्य, भब्य रुपमा नेपाल सेन्ट्रलको ‘१३औँ अभिभावक दिवस’ सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार