सोमवार, साउन ६, २०७६ | Monday 22nd July 2019

साम्तेनको ‘बृहत विज्ञान तथा कला प्रदर्शनी’ भोली हुने

२५ फागुन, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले आइतबार (भोली) ‘बृहत विज्ञान तथा कला प्रदर्शनी’ गर्ने भएको छ ।


ADVERTISEMENT


शुक्रबार स्कुलमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘बृहत विज्ञान तथा कला प्रदर्शनी’ हुन लागेको जानकारी गराइएको थियो ।


पत्रकार सम्मेलनमा बोल्दै प्रिन्सिपल शक्तिराज नेपालले ४ वटा सदनमा विभाजन भई विद्यार्थीहरुले लगभग १०० भन्दा बढि सामाग्रीको प्रदर्शन गर्नेछन् । कोर्ट अफ आर्मस्, क्रिम्सन, लाफोफोरस र रोडोडेन्डन सदनबाट कम्तिमा २०/२० र मण्टेश्वरीबाट २५ जति आइटमको निर्माण र प्रदर्शन हुने बताउनु भयो ।


यस्तै पत्रकार सम्मेलनमा बोल्दै साम्तेनका अध्यक्ष निम्तो शेर्पाले ‘बृहत विज्ञान तथा कला प्रदर्शनी’ भब्यतासाथ सम्पन्न हुने विश्वास व्यक्त गर्दै यि र यस्ता कार्यक्रमहरु अन्य विद्यालयले पनि अनुसरण गर्न आवश्यक रहेको बताउनु भयो ।


बिहान १० बजेदेखी बेलुका ४ बजेसम्म चल्ने उक्त प्रदर्शनीमा स्मार्ट सिटी, स्मार्ट भिलेज, केबलकार, ग्रिन हाउस, अर्थक्विक प्रोटेक्ट हाउस, रकेट, ड्रोन क्यामरा, वाटर बोट, हाइड्रलिक ब्रिज एण्ड सिटी, धरहरा, स्वयम्भु, पशुपति, हाइड्रो पावर, ट्विन टावर, ढिकी, जाँतो, ठेकी लगायत विभिन्न प्रवद्धनात्मक सामाग्रीहरुको प्रदर्शनी हुनेछ ।


बुढानिलकण्ठ नगरपालिकाका शिक्षा प्रमुख, वडाअध्यक्ष, स्थानिय, विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहने बताइएको छ ।


उत्कृष्ट २ सदनलाई नगद सहित पुरस्कृत गरिनेछ भने विभिन्न चार विधामा उत्कृष्ट हुने स्टललाई पनि पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार