बुधबार, साउन ८, २०७६ | Wednesday 24th July 2019

आकाशदीपको ‘१६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस’ सम्पन्न (फोटोफिचर)

काठमाडौँ ।
गोकर्णेश्वर नगरपालिका वडा नम्वर ७, दक्षिणढोकामा रहेको आकाशदीप सेकेण्डरी स्कूलले आफ्नो ‘१६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस’ सम्पन्न गरेको छ ।


ADVERTISEMENT


फागुन ११ गते शनिबार स्कुलको प्रांगणमा अभिभावकहरुको उल्लेख्य सहभागितामा ‘१६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस’ सम्पन्न गरेको हो ।


राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाको प्रमुख आतिथ्यतामा गरिएको उक्त वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ती नेपाल, विभिन्न स्कुलका प्रिन्सिपल, अभिभावक, विद्यार्थी लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


प्रमुख अतिथि एवं राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तिम्सिना एवं अतिथिहरुबाट पानसमा दिप प्रज्वलन र सरस्वतिको तस्विरमा माल्यार्पन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।


कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन, कराँते प्रदर्शन एवं प्रहसन प्रस्तुत गरेका थिए । जसबाट कार्यक्रमको थप रौनकता थपिएको थियो ।

उक्त कार्यक्रमको अवसरमा आकादीपबाट एसएलसी तथा एसईईमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । जसमा २०७० सालको एसएलसी उत्कृष्ट अंक ल्याउने नमुना सापकोटा, २०७१ सालको एसएलसी उत्कृष्ट अंक ल्याउने भवानी घोरासैनी, २०७२ सालको एसईईमा उत्कृष्ट जिपिए ल्याउने युकेश चौलागाई र आकृति सापकोटा, २०७३ सालको एसईईमा उत्कृष्ट जिपिए ल्याउने कन्चन चापागाई, २०७४ सालको एसईईमा उत्कृष्ट जिपिए ल्याउने स्मृति हमाललाई सम्मान गरिएको प्रिन्सिपल मदन सुवेदीले बताउनु भयो ।


यस्तै विभिन्न विधामा वार्षिक रुपमा उत्कृष्ट भएका अध्ययनरत विद्यार्थी, कर्मचारी, शिक्षकलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार