बुधबार, साउन ८, २०७६ | Wednesday 24th July 2019

शारदाको ‘खेलकुद सप्ताह’ सुरु (भिडियो)

काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको शारदा एकेडेमीले ‘खेलकुद सप्ताह’ सुरु गरेको छ ।


ADVERTISEMENT


स्कुलकै प्रांगणमा फागुन ५ गते आइतबार उद्घाटन कार्यक्रम गर्दै ‘खेलकुद सप्ताह’ सुरु गरिएको हो ।


काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपानेको प्रमुख आतिथ्यतामा गरिएको उक्त उद्घाटन कार्यक्रममा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष बद्रि भट्राई ‘दामोदर’, स्कुल व्यबस्थापन टिम, शिक्षक, विद्यार्थी, अभिभावक एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरु उपस्थिति रहेको थियो ।


शारदा एकेडेमीका अध्यक्ष दिनेश काजी थापाले पानसमा दिप प्रज्वलन गरि ‘खेलकुद सप्ताह’ को उद्घाटन गरेका थिए ।


यस्तै शारदामा अध्ययनरत विद्यार्थीहरुले मार्च पासद्धारा सम्पुर्णलाई स्वागत गरेका थिए ।


साताव्यापी रुपमा हुने उक्त खेलकुद सप्ताहमा ३२ खेलहरु हुने बताइएको छ ।


विजयी विद्यार्थी तथा टिमलाई विशेष समारोहका विच ट्रफी, मेडल प्रदान गरिनेछ ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले शारदा एकेडेमीका फाउण्डर, प्रिन्सिपल झबि राईसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

प्रतिक्रिया

सम्बन्धित समाचार