बुधबार, मंसिर ४, २०७६ | Wednesday 20th November 2019

दुर्घटनास्थलमा प्रहरी पुग्यो, जलेको अवस्थामा ७ वटा शव

बुधबार दिउँसो भएको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाको शव फेला परेको छ।
६ जनाको जलेको अवस्थामा शव फेला परेको छ भने एक जनाको टाउको नभएको अवस्थामा फेला परेको छ।

हेलिकप्टर दुर्घटनास्थल पुगेका प्रहरीको टोलीका सदस्य प्रहरी हवल्दार बेदकुमार अर्यालले सबै शव जलेको अवस्थामा देखेको पुष्टी गरेका छन्।


ADVERTISEMENT

‘हेलिकप्टरमा आगो लागिरहेको छ। कसैको पनि शरीर चिन्ने अवस्थामा छैन ।
फुङलिङ नगरपालिका मेयर छत्रपति प्याकुरेलले नगरपालिकाको वडा नम्बर १० मा पर्ने सिस्ने खोला सिरान दारे भीरमा दुर्घटना भएको जानकारी दिए ।
घटनास्थलमा अरू सरकारी अधिकारी पुग्ने क्रम जारी छ। नेपाल नागरिक उड्यायान प्राधिकरणका अनुसार बुधबार दिउँसो साढे १ बजे हेलिकप्टर दुर्घटनामा परेको हो।

पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनास्टीको उक्त हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी तथा यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पासहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए।

ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो।

मन्त्री अधिकारी र शेर्पासहितको टोली तेह्रथुम विमानस्थलको अवलोकन गर्न आज बिहान तेह्रथुमको आठराई पुगेका थिए।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार