सोमवार, साउन ६, २०७६ | Monday 22nd July 2019

पायोनियरमा ‘बुहत रक्तदान कार्यक्रम’ हुने

काठमाडौं, फागुन १०।
देशमा ब्याप्त रगत अभावलाई मध्यनजर गर्दै लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ युथ फर डेभलपमेन्ट, काठमाडौं लिडरसिप फर चेन्ज, काठमाडौं सिम्रिक, गुप्तीगणेश, उत्तरबाहिनी र काठमाडौं कोलाबोरेटरको संयुक्त आयोजनामा फाल्गुन ११ गते बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कपनमा रहेको पायोनियर पब्लिक स्कुलमा ‘बृहत रक्तदान कार्यक्रम’ हुने भएको छ ।

शनिबार बिहान १० बजे देखि दिउसो २ बजेसम्म चल्ने उक्त रक्तदान कार्यक्रममा इच्छुक सम्पुर्णलाई रक्तदानमा सहभागि हुन आह्वान गरिएको बताईएको छ ।
रक्तदान कार्यक्रमलार्इ सफल बनाउन पायोनियर पब्लिक स्कुल प्राक्सिस इन्टरनेशनल एकेडेमी, काठमाडौं विनायक शिक्षालय (के भी एस), ज्ञान चक्षु इंग्लिस हाई स्कुलले सहयोगी भूमिका निर्वाह गरेको काठमाडौं लिडरसिप फर चेन्जका प्रेसिडेन्ट लायन राजन श्रेष्ठले बताए ।
विपत्तिको अवस्थामा आवश्यक पर्ने रगतको अभाव हुन नदिन र विपद कहिले र कहाँ आउँछ भन्ने थाहा नभएपछि त्यस्तो विपदका पीडितलाई रगतको अवाश्यकता पर्ने हुँदा त्यसको पूर्वतयारी अहिलेदेखि नै तयारी गर्नु आवश्यकतालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको युथ फर डेभलपमेन्टका प्रेसिडेन्ट लायन रमेश श्रेष्ठले बताए ।
मानिस जिवित रहनका लागि रगत नभइ नहुने पदार्थका रुपमा रहेको हुन्छ। सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारिरमा कुनै असर नहुने चिकित्सकहरुको भनाई छ। सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगि हुने ठहर छ ।


ADVERTISEMENT

प्रतिक्रिया

सम्बन्धित समाचार