दुई पर्वमा राष्ट्रिय बिदा माग

२०७४ बैशाख १२ गते १४:५६ मा प्रकाशित


janakpur-dhamजनकपुरधाम, वैशाख १२ । धार्मिक, सांस्कृतिक र संस्कारका दृष्टिले महत्वपूर्ण मानिएको जानकी नवमी र जानकी विवाहपञ्चमीका दिन राष्ट्रिय बिदाको माग गरिएको छ ।


जनकपुरधाममा मंगलबार बसेको सर्वपक्षीय भेलाले सो माग गर्दे जानकी नवमीलाई सरकारी र निजीस्तरबाट भव्य किसिमले मनाउनुपर्नेमा जोड दिएको छ ।

भेलाले ‘राष्ट्रिय विभूति सीताको जन्म र विवाहका दिनमा सरकारीस्तरबाट हालसम्म कुनै कार्यक्रम र सहयोग प्राप्त नभएका कारण जनकपुरधाम धार्मिक पर्यटकीय दृष्टिकोणले पछाडि परेकाले उक्त दुबै दिनमा सरकारीस्तरबाट पनि सहयोग र सहभागिताका लागि आग्रह’ गरेको छ ।

भेलाले यही वैशाख २१ गते हुने जानकी नवमी महोत्सव ९ दिनसम्म मनाउने निर्णय पनि गरेको छ ।

जानकी नवमीका अवसरमा बधाइगान, दूधमति शाही स्नान, जानकी जन्मोत्सव, शोभायात्रा, जानकी कथा प्रवचन, जानकी जन्मविवाह सांस्कृतिक कार्यक्रम, विशेष जानकी आरती, छठिहार र दीपोत्सव मनाउने निर्णय पनि गरिएको छ ।

भेलामा मान महन्त जगन्नाथ दास, जानकी मन्दिरका महन्त रामपतेश्वर दास, प्रजिअ दिलीप चापागाइँ, जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार, संघ–संस्थाका प्रतिनिधि र सुरक्षाकर्मीले उत्सवलाई सफलतापूर्वक सम्पन्न गराउने कार्यमा सबैको सहयोगको आवश्यकतामा जोड दिए । रासस

You may also Like this

थप समाचार

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

किन पर्‍यो हिलो सहितको पानी ?
किन पर्‍यो हिलो सहितको पानी ?

काठमाडौं । मनसुन सक्रिय भएका बेला काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा गएराति परेको थियो । पानी अन्य दिनहरुको जस्तो सफा भ ...

सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)
सुतिरहेको कुकुरमाथि तातो अलकत्रा र रोडा हालेर सडकसँगै कालोपत्रे गरेपछि (भिडियो)

भारतको उत्तर प्रदेश राज्यस्थित ताज महल नजिकै आगराको सडकमा सुतिरहेको कुकुरमाथि कालोपत्रे गरिएको छ ।सुतिरहेको कुकुरमाथि सडक का ...

उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?
उमेर अनुसार महिला-पुरुषको तौल कति हुनुपर्छ ?

स्वस्थ रहनका लागि मानिसले उमेरअनुसारको तौलमा पनि ध्यान दिन जरुरी हुन्छ । शारीरिक विकासमा तौलको पनि महत्वपूर्ण भूमिका हुन्छ । ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...