घर बनाउँदा एक सय ४० वर्ष पुरानो बालिकाको लास भेटिएपछि...

२०७४ जेष्ठ २ गते १३:३६ मा प्रकाशित


dead-body१ जेठ, एजेन्सी। अमेरिकाको क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा पछिल्लो वर्ष एक घर निर्माणको क्रममा १ सय ४० वर्ष पुरानो बच्चाको मृत शरीर फेला परेको छ । त्यो बच्चालाई चिहानमा राखिएको थियो । त्यति पुरानो भएर पनि ति बच्चीको शव सुरक्षित थियो ।

एक वर्षको समय लगाएर सोधकर्ताहरुले त्यो बच्चीको पहिचान खुलाउन सफल भएका हुन् । युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्रोफेसर जेलमर इर्किनकाअनुसार त्यो बच्चीको नाम इडिथ हवार्ड कुक थियो ।

जसको १८७६ मा मृत्युु भएको थियो । मृत्यु पश्चात उनको शव सम्मानपुर्वक कफनमा राखेर गाडिएको थियो । उनको शवलाई चाँदीको बाकसमा राखिएको थियो । जसको कारण मृत्युु भएको १ सय ४० वर्षपछि घर निर्माणको दौरानमा त्यो मृत शरीर फेला परेको हो । सोधकर्ताले यी बच्ची खानदानी परिवारको सन्तान भएको निष्कर्ष निकालेका छन् ।

सोधकर्ताले त्यो बच्चाको डिएनए परिक्षण गर्दा एक जीवित व्यक्तिसँग मिल्न गएको थियो । त्यसपछि ति बच्चीको विवरण सोधकर्ताहरुले पत्ता लगाउन सफल भएका थिए । सोधकर्ताको खोज अनुसार ति बच्ची ३ वर्षको हुँदा कुपोषणको कारण मृत्यु भएको थियो । त्यसबेला बच्चीको मृत शरीरमा गुुलाफको फू्ल राखिएको थियो भने बच्चीले जालीदार फ्रक लगाएकी थिइन् ।

यति लामो समयसम्म पनि मृत शरीर सुरक्षित रुपमा फेला परेपछि सबै आश्चर्यमा परेका थिए । सबै अनुसन्धानपछि अघिल्लो महिना शवको अन्तिम संस्कार गरिएको थियो । एजेन्सी

You may also Like this

थप समाचार

ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो
ट्रम्प र किमको भेट सिंगापुरमा हुने टुंगो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ तारिखमा सिंगापुरमा भेटवार्ता ह ...

पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते
पर्सामा स्थानीय र प्रहरीबीच झडप, ५ प्रहरी घाइते

२४ वैशाख, वीरगञ्ज । अपराधी छुटाउन प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच पर्सामा झडप भएको छ । घटनामा ५ प्रहरी घाइते भएका ...

डा. देवकोटालाई नेपाल ल्याइयो
 डा. देवकोटालाई नेपाल ल्याइयो

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतमा रहेको किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ...

ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’
ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...