विराटनगर जुट मिल्स साउनदेखि पुनः सञ्चालनमा आउने

२०७४ बैशाख ६ गते १५:३९ मा प्रकाशित


biratnagar-jut-mills६ बैशाख । काठमाडौं । लामो समयदेखि बन्द रहेको नेपालको पहिलो जुट मिल उद्योग विराटनगर जुट मिल्स लिमिटेड आउँदो साउनदेखि सञ्चालनमा आउने भएको छ ।

उद्योग सञ्चालनका लागि व्यवस्थापनले नयाँ उपकरण जडानका लागि खरिद प्रक्रिया सुरु गर्न लागेको छ । वि।सं। १९९३ मा स्थापना भएको जुट मिल्स ०६७ सालदेखि पूर्ण रूपमा बन्द छ । केही दिनभित्र उद्योग सञ्चालनका लागि आवश्यक मेशिनरी उपकरण खरिदका लागि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको कार्यकारी अध्यक्ष निलहरि काफ्लेले बताए । उनले ३ महिनाभित्र उपकरण आयात र जडानको काम सकेर सकेसम्म साउनभित्र उद्योग सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए ।

सञ्चालनमा आएपछि दैनिक २० मेट्रिक टन जुट उत्पादन हुनेछ । आउँदो ५ वर्षमा उद्योगको क्षमता ५ गुणा बढाएर दैनिक १ सय टन जुट उत्पादन गर्ने योजना काफ्लेले सार्वजनिक गरे । ५ वर्षपछि उद्योग नाफामा लैजाने उनको योजना छ । उद्योग सञ्चालनका लागि रणनीतिक साझेदार भित्र्याउने तयारी भएको समेत उनले बताए । यसअघि भारतको विनसम इन्टरनेसनललाई २५ वर्षका लागि भाडामा सञ्चालन गर्न दिएकोमा हाल उक्त कम्पनीसँगको सम्झौता रद्द भइसकेको छ । प्रतिस्पर्धाबाट रणनीतिक साझेदार भित्र्याउने र बढीभन्दा बढी प्रतिफल दिने प्रत्याभूति गर्नेलाई सञ्चालन भाडामा दिने उनले स्पष्ट पारे ।

उद्योग परिसरमा सशस्त्र प्रहरी बलको बेसक्याम्प छ । प्रहरी बललाई उद्योगको अर्को जग्गामा स्थानान्तरण गर्ने र सोबापत सरकारले जुट मिल्सलाई २९ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्नेछ । सोही रकमले उद्योग सञ्चालन गर्ने तयारी भएको उनले जानकारी दिए । “जग्गा बिक्रीबाट प्राप्त हुने रकमले उद्योग सञ्चालन गर्न पुग्छ,” उनले भने, “त्यसपछि हामीलाई सरकारबाट ऋण र अनुदान दुवै लिन आवश्यक पर्दैन । सोहीअनुसार व्यावसायिक योजना बनाएका छौं ।” हाल उद्योगको नाममा ६९ विगाहा जग्गा छ । यो जग्गा प्रयोगविहीन छ ।

उद्योग ३ अर्ब ९० करोड रुपैयाँ घाटामा देखाइएको छ । योमध्ये २ अर्ब ७ करोड रुपैयाँ दायित्व मिल्स आफैंले भुक्तानी गर्न सक्ने उनको भनाइ छ । यसअघि नै कर्मचारीलाई दायत्व भुक्तानी गरेर विदाइ गरिसकेको छ । हाल उद्योगको सुरक्षाका लागि २९ जना कर्मचारी करारमा छन् । उद्योगले जुटको धागो र त्यसबाट होसियन बोरा, सुतली आदि सामानहरु तयार गर्छ । औद्योगिक विकास तथा देशको आर्थिक विकासमा टेवा पुर्याउन भन्दै ८० वर्षअघि तत्कालिन राणा प्रधानमन्त्री जुद्धशमशेरले विराटनगर जुट मिल्सको स्थापना गरेका हुन् ।

१ करोड ७५ लाख ऋणको ब्याजमात्र १ अर्ब ५५ करोड

उद्योग सञ्चालनका लागि नेपाल बैंकबाट लिएको १ करोड ७५ लाख रुपैयाँको ब्याज मात्र १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । समयमा कर्जा चुक्ता नगर्दा ब्याज मात्र डेढ अर्ब रुपैयाँ नाघेको हो । बैंकले सो रकम भुक्तानी गर्न ताकेता गरेको छ । उद्योगमा ५४ प्रतिशत सर्वसधारणको र ४६ प्रतिशत सरकारको स्वामित्व छ ।

पुँजी बढाउन हकप्रद सेयर निष्कासन

जुट मिल्सले पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको छ । उद्योगले प्रतिकित्ता अंकित मूल्य १६० रुपैयाँ राखेर १० सेयर बराबर ३।६ सेयर अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । हकप्रदपछि उद्योगको पुँजी ६४ करोड रुपैयाँ थप हुनेछ । हकप्रद बिक्री खुला वैशाख २२ गतेदेखि भई जेठ ५ गते बन्द हुने उद्योगले जनाएको छ ।

You may also Like this

थप समाचार

बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू
बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू

अनुमानका आधारमा या रिसइवीका कारण कसैलाई उजुरी हालेर अदालती झण्झट दिएका घटना धेरै हुन्थे । तर, अब कसैलाई एथेष्ट प्रमाण विना उज ...

जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा
जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा

काठमाण्डौ । पछिल्लो समय थोरै संख्यामै भए पनि युवाहरु नीति–निर्माण तहमा पुगेका छन । तिनै मध्यका एक हुन नेपाली कांग्रेसको ...

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...