बेबी फार्मिङ जहाँ जबरजस्ती आमा बनाइन्छ !

२०७३ असोज २८ गते १५:१५ मा प्रकाशित


nigeriaतपाईले गाई फार्म, बाख्रा फार्म, सुँगुर फार्म त देख्नु, सुन्नुभएकै छ । तर के तपाईले मानिसको बच्चा जन्माउने फार्मको बारेमा सुन्नुभएको छ रु

मान्छेको बच्चा जन्माउने फार्म भन्ने कुरा सुन्दैमा झसँग होइन्छ । कहीँ मान्छेको बच्चा पनि फार्ममा जन्माइन्छ त रु यो अलि अनौठो तथा अशोभनीय लाग्न सक्छ । तर, अफ्रिकी देश नाइजेरियामा भने पछिल्लो समयमा बेबी फार्मिङको धन्दा निकै फस्टाएको छ ।

केही वर्षयता उक्त मुलुकमा बच्चाको व्यापार निकै तिब्र गतिमा भैरहेको छ । विश्वका विभिन्न देशका निसन्तान दम्पत्तिहरुका लागि नाइजेरिया बच्चा कारखाना भन्दा कम छैन । अस्पताल तथा अनाथालयहरुमा लुकिछिपी बेबी फार्मिंग गर्ने गरिएको छ ।

कम उमेरका किशोरीहरुलाई आमा बन्नका लागि बाध्य पार्ने गरिएको छ । त्यसरी बच्चा जन्माउन बाध्य पारिने किशोरीहरुमध्ये अधिकांश अनाथ तथा गरीब हुने गरेका छन् । उनीहरु पैसाका लागि यस्तो गर्न बाध्य छन् ।

बच्चा उत्पादन गरिदिने किशोरीहरुको उमेर १४ देखि १७ वर्षबीचको हुने गरेको छ । गर्भ रहेसँगै उनीहरु चाहेर पनि गर्भपतन गराउन पाउँदैनन् । किनकि नाइजेरियाको कानूनमा यो उमेरका किशोरीको गर्भपतन गैरकानूनी मानिन्छ ।

कानूनको यहीँ कमजोरीको फाइदा बच्चा माफियाहरुले उठाउने गरेका छन् । र, ती किशोरीहरुबाट जन्मिएका बच्चालाई ५, ६ लाख रुपैयाँसम्ममा बेच्ने गरेको भारतीय पत्रिका भास्करले लेखेको छ ।

You may also Like this

थप समाचार

धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन
धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत ...

विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई
विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई

काठमाडौँ । रसियामा सम्पन्न विश्वकप २०१८ को गोल्डेन बल क्रोएसियाका कप्तान लुका मोडरिकले पाएका छन् । उनी विश्वकपकै उत्कृष्ट खेल ...

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ । क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेको छ । आइतबार राति भएको खे ...

भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती
भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती

काठमाण्डौ । एक मात्र निर्बाचन क्षेत्र रहेको पुर्वी पहाडि जिल्ला भोजपुरबाट निर्वाचित सांसद तथा नेकपाका युवा नेता हुन् सुदन किर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...