मङ्लबार, मंसिर ३, २०७६ | Tuesday 19th November 2019

प्रेमा राईको शिक्षा मोहः १६ वर्षमा पढ्न सुरु गरेर हाल आफ्नै स्कूल सञ्चालन गरिरहेकी छिन् [अन्तरवार्ता]

 

कुनै एक समय थियो नेपालमा छोरालाई मात्र शिक्षा दिने प्रचलन । उक्त प्रचलनले सिक्षाको आखाबाट समाजलाई हेर्ने र आफुलाइ चिन्न छोरी मान्छेले पाउदैन थिए । समयक्रम संगै आएको परिवर्तनले आजको नेपाली समाज लगभग आधुनिक सोचाइमा परिणत भैसकेको छ ।

कम्तिमा आफ्ना छोराछोरिलाइ बराबरी शिक्षा दिनु पर्छ भन्ने मान्यता आम आमा बुवाको बनेको छ यद्यपि छोरिलाइ शिक्षा दिनको लागि अथवा छोरी मान्छेले शिक्षा प्राप्त गर्न नेपालको साजनितिक परिवर्तनको उत्कर्ष अर्थात २०४६ साल भन्दा अगाडी सम्म पनि हम्मे हम्मे थियो । सबै ब्यबधानलाइ पन्छाउदै १६ बर्षको उमेरमा क,ख पढेर आफैले लगानी गरि बोर्डिङ स्कुल सन्चालन गर्न सफल निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन काठमाडौं जिल्ला कार्यसमिती सह-सचिब तथा मानाङ्क चिल्ड्रेन प्याराडाइज सेकेण्डरी स्कुल पेप्सिकोलाकी डाइरेक्टर प्रेमा राईसंग केटिएम खबरका लागि विश्व आचार्यले कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंशः

 


ADVERTISEMENT

तपाइको जन्म कहाँ भयो ?

 

मेरो जन्म २०२९ साल ११ महिना १२ गते भोजपुरको आम्तेक गाबिस वडा न ४ हालको भोजपुर नगरपालिका वडा नं ४ मा आमा दौलती माया राइ तथा पिता अमर बहादुर राइको कोखबाट भएको हो । हामी ४ छोरा र ४ छोरी गरि ८ जना सन्तान मध्ये म माहिली छोरीको रुपमा जन्मीएकी हु ।

 

तपाइको पढाई कहाँबाट सुरु भयो कति सम्म अध्ययन गर्नु भएको छ ?

 

मेरो बारेमा एउटा कहानी छ पढ्ने सन्दर्भमा । नेपालमा छोरिलाइ पढाउने बिषयमा खासै महत्व दिइदैनथ्यो । त्यस्तो बेलामा अन्य दाजु भाइहरु अरु गाउका मान्छेहरु स्कुल जादा मलाई पनि स्कुल जान मन लाग्थ्यो तर विविध कारणले भोजपुरमा सम्भव नै भएन । मेरो दाजु संग म काठमाडौं २०४५ सालमा आएकी थिए । हामी त्यतिखेर भोटेबहालमा बस्थ्यौ।

मैले दाजुलाइ पढ्न कर गर्न थाले । दाजुले तिमी सोर्ह्र बर्ष पुगि सक्यौ अब कतिमा पढ्छेउ र भन्ने खालको प्रस्न गर्नु भयो । तर मेरो पढ्ने चाहानाका सामुु उहाले धरै पाउनु भएन । उहाले मलाई घरमा नै २ महिना शिक्षक राखेर ट्युसन पढाउने ब्यवस्था मिलाउनु भयो । पहिलो पटक १६ बर्षको उमेरमा मैले अक्षर चिन्ने मौका पाए । त्यसपछि उहाले मलाई कक्षा ४ मा अध्ययनका लागि गङ्गा बहालको नेपाल आदर्स सान्ती स्कुलमा भर्ना गरिदिनु भयो र यहि बाट पढाइको पहिलो बाटो खुल्ला भयो । त्यस पछि कक्षा ५ र ६ राधाकृष्ण माद्यमिक विद्यालय भोजपुर बाट गरे फेरी विबिध कारणले फेरी काठमाण्डौ आउनु पर्याे र मैले ७,८ र ९ सम्म कन्या मा.वि लैनचौरमा अध्ययन गरे । एसएलसी भने आफ्नै गाउ भोजपुरकै राधाकृष्ण मावि श्यामशिलाबाट गरे । आरोह अबरोह पार गर्दै मैले अहिले मास्टर्स अध्ययन गरिरहेकी छु ।

 

१६ बर्सको उमेरमा अध्ययन गरेर पनि तपाईं यहाँ सम्म आइपुग्नु भयो के लाग्छ शिक्षा भनेको के रै छ ?

 

शिक्षा भनेको उज्यालो प्रकाश हो । शिक्षाको उज्यालोले जस्तासुकै अप्ठ्यारो चुनौतिलाइ समाधान गर्न सहयोग पुर्याउछ । शिक्षा विनाको जीवन अधुरो हुन्छ । र अर्को कुरा शिक्षा भनेको समाज रुपान्तरण एबम देश बिकासको पहिलो आधार हो भन्ने लाग्छ । शिक्षा प्राप्त गरेपछि त्यसलाइ ब्यबहारिक ढंगले कार्यन्वयन गर्नु पर्दछ । इमानदारीता पुर्वक ब्यबहारिक कार्यान्वयन गर्नु पनि शिक्षाको उदेश्य पूरा गन हो । त्यसैले शिक्षा ब्यबहारिक रुपमा कार्यन्वयन भएन भने त्यसको के अर्थ हुन्छ र ?

 

तपाईको स्कुलमा अध्ययन गर्ने विद्यार्थीले एकदमै राम्रो नतिजा ल्याइरहेका छन । धेरै विद्यार्थीले ए प्लस ल्याइरहेका हुन्छन भन्ने सुनिन्छ । कसरी यति राम्रो नतिजा ल्याउन सम्भव भयो ?

 

हो हाम्रो बिद्यालयले बास्तबमा राम्रो नतिजा ल्याउछ । हामी विद्यार्थीलाई सिकाउन कुनै कुरा कसर बाकी राख्दैनौ । पहिलो कुरा हामी शिक्षक छनौटमा ध्यान दिन्छौ । शिक्षकले कसरी पढाउछन भन्ने कुराले राम्रो नतिजा ल्याउन निकै ठूलो अर्थ राख्छ । कम्तीमा शिक्षकले मार्गदसन राम्रोसग गरिदिएन केबल आफ्नो जागिरको लागि मात्रा काम गर्यो भने नतिजा बिलकुल राम्रो आउदैन । दोस्रो कुरा हामिले सार्है कम आर्थिक हैसियत भएका अभिभावकका छोराछोरी पढाईरहेका छौ । उहाहरुको सपना भनेको छोराछोरीलाई दुख गरेर ट्यालेन्ट बनाउने हो त्यसैले हामीले उचित तरिकाले पढाउन सकेनौ भने त्यसको परिणाम राम्रो हुन्न त्यसैले हामिले सचेत रुपमा शिक्षकहरुलाइ समय सापेक्ष तालिम दिने गरेका छौ ।

 

शिक्षकहरुले कसरी पढाइरहनु भएको छ त्यस बिसयमा ध्यान दिन्छौ । यसले बास्तबमै हाम्रो नतिजा राम्रो भएर गएको छ ।

 

तपाईं प्याब्सनमा पनि छोटो समयमा काठमाडौं जिल्ला सहसचिवको रुपमा निर्बा्चित हुनु भयो ? कस्तो महसुस भैरहेको छ कस्तो बाताबरण छ प्याब्सन काठमाडौंमा ?

 

म पहिला एक कार्यकाल जिल्ला सदस्य भए । हाल सहसचिवको रुपमा कार्यरत छु । बिद्यालयका हितको सन्दर्भमा विद्यार्थीको प्रतिभा बिकासको सन्दर्भमा कुरा हुन्छन । अग्रजहरुले प्याब्सनमा लाग्न काम गर्न हौसला दिरहनु भएको छ । मलाइ खुसी लागेको छ । ब्यक्तिगत हिसाबले आफ्ना कुराहरु असन्तुष्टि आए भने मैले जस्ताको त्यस्तै भन्ने गरेकी छु । मलाई प्याब्सन बिचारको विचारको मन्थन गर्ने ठाउँ जस्तो लाग्छ ।

अन्त्यमा शिक्षक अभिभावक विद्यार्थीलाई तपाई के सन्देश दिन चाहानु हुन्छ ?

 

विशेष गरि अभिभावकलाई म के भन्न चाहान्छु भने हामिले आफ्ना छोराछोरीलाई सबै उनिहरुले मागे जति पूरा गर्नु हुन्न तर हामीले उनिहरुलाइ के चाहीन्छ त्यो कुरा बुझेर उनिहरुलाई चाहिने कुरा पूरा गरिदिनु पर्छ र अनावश्यक उनिहरुले मागेको कुरालाइ पूरा गर्न थाल्यो भने हामीले उनिहरुलाइ बिगार्दै छौ ।

यसकारण सानो बाट नै हामिले आफ्ना बालबालिकाको बानी बिगार्न हुन्न ।

अर्को कुरा अभिभावकले सकेसम्म आफ्नो बच्चालाई साथमै राख्नु राम्रो हुन्छ । सकेसम्म धेरै समय उनिहरुलाइ दिनु राम्रो हुन्छ । समय धेरै दिएको बच्चा भाबनात्मक र मनोबैज्ञानिक सबै प्रकारले राम्रो हुन्छ ।

यसो गर्दा उनिहरुले एक्लो महशुस गर्दैनन ।

विद्यार्थीको सन्दर्भमा भन्नू पर्दा विद्यार्थीहरु अनुशासित हुनु पर्दछ मेहनती लगनशील, अध्यनसिल हुनुपर्दछ ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार