आइतवार, कार्तिक ३, २०७६ | Sunday 20th October 2019

एन प्याब्सन कागेश्वरी नगर कमिटीको पहिलो साधारणसभा सम्पन्न, अध्यक्षमा खड्का दोहोरिए

काठमाडौँ ।


ADVERTISEMENT

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीको अध्यक्षमा पुनः अमृत खड्का चयन भएका छन् ।


भदौ १२ गते आइतबार काडाघारी, सनसिटी चोकमा रहेको जुम क्याफेमा भएको पहिलो सधारणसभाबाट खड्का निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । खड्का एन प्याब्सन काठमाडौँका सचिव समेत रहेका छन् ।


अध्यक्षसंगै अन्य पदाधिकारी तथा सदस्य पनि निर्विरोध चयन भएका छन् ।


उपाध्यक्षमा लिलानाथ रेग्मी, सचिवमा सुजन थपलिया, सह–सचिवमा सन्तु खड्का, कोषाध्यक्षमा प्रेमकुमार भुजेल, सह–कोषाध्यक्षमा एंजन न्यौपाने सदस्यहरुमा छिरिङ तोक्पे लामा, जोन शाह, रामेश्वर खनाल चुनिए ।
उक्त अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा समेत गरिएको थियो ।


एन प्याब्सनका केन्द्रिय अध्यक्ष रितु राज सापकोटाको प्रमुख आतिथ्यतामा गरिएको उक्त साधारणसभा तथा शुभकामना आदान प्रदान कार्यक्रममा एन प्याब्सनका केन्द्रिय कोषाध्यक्ष प्रताप बहादुर थापा, एन प्याब्सन केन्द्रय संगठन सचिव सम्भु अधिकारी, एन प्याब्सन प्रदेश नम्वर ३ का उपाध्यक्ष प्रकाश खड्का, एन प्याब्सन काठमाडौँका कोषाध्यक्ष श्याम योञ्जन लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं एन प्याब्सन अध्यक्ष सापकोटाले निर्वाचित पदाधिकारीलाई बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार