आइतवार, कार्तिक ३, २०७६ | Sunday 20th October 2019

एन प्याब्सन काठमाडौको ‘शुभकामना आदान प्रदान तथा एसईई सम्मान कार्यक्रम’ सम्पन्न

काठमाडौँ ।


ADVERTISEMENT

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौले शुभकामना आदान प्रदान तथा एसईई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डको हलमा असोज १३ गते सोमबार एन प्याब्सन काठमाडौँमा आवद्ध विद्यालयका प्रिन्सिपल एवं विद्यार्थीहरुको उपस्थितिमा शुभकामना आदान प्रदान तथा एसईई सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा २०७५ सालको एसईईमा सर्वोत्कृष्ट जिपिए ल्याएका विद्यार्थीलाई नगद सहित सम्मान गरिएको थियो । मुलपानीमा रहेको महाकवी देवकोटा मेमोरियल सेकेन्डरी स्कूलका बिद्यार्थी बिनिता बस्नेत, प्रसंशा खनाल, राजेश भुजेल, चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीका डिना थापा, पेप्सिकोलामा रहेको ग्लोबल पब्लिक स्कुलका रितिका अधिकारी र कालोपुलमा रहेको एड्भान्स एकेडेमी छात्रा प्रतिष्ठा देवकोटालाई सम्मान गरेको हो । सम्मानित विद्यार्थीलाई नगद पाच हजार सहित सम्मान–पत्र प्रदान गरिएको थियो ।

एन प्याब्सन काठमाडौ जिल्लाको अध्यक्ष बिष्णु पराजुलीको सभापतित्व, एन प्याब्सनका केन्द्रिय अध्यक्ष रितुराज सापकोटाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा एन प्याब्सनका केन्द्रिय पदाधिकारी, एन प्याब्सन काठमाडौँका पदाधिकारी, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यालय संचालक एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि रितुराज सापकोटाले निजी विद्यालयको विकल्प नरहेको बताए छन् । सरकारले ल्याएको सामाजिक सुरक्षा कोषको बारेमा बोल्दै सहभागि हुने समयसिमा अहिले उपयुुक्त नभएको बताए ।

सोही अवसरमा राखिएको खसि उपहार चिट्ठा कार्यक्रममा एन प्याब्सन काठमाडौका जिल्ला सदस्य प्रेम भुजेलले खसि उपहार जितेका थिए ।

वडा दशैँ, तिहार, नेपाल सम्वत एवं छठ पर्व नेपालीहरुको मौलिक संस्कृती रहेको र जसलाई सरक्षण, सम्बद्र्धन गर्न तथा नेपालीहरु बिचमा आपसी भाइचाराको प्रगाढ सम्बन्धको विकास होस भनी कार्यक्रमको आयोजना गरिएको नेसनल प्याब्सन काठमाडौँका सञ्चार विभाग प्रमुख गेन्द्र लामाले बताए ।

कार्यक्रमलाई रामबाबू सेढाईले संयोजन गरेका थिए भने एन प्याब्सन काठमाडौँका सचिव अमृत खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार