आइतवार, कार्तिक ३, २०७६ | Sunday 20th October 2019

कार्डसन नुवाकोटद्धारा सर्लाहीका बाढि पिडितलाई राहत सामाग्री हस्तान्तरण

सर्लाही ।
शान्ति भोलेन्टियर एसोसिएसन जापान एसभिए तथा सामुदायिक तथा ग्रामीण विकास समाज नेपाल (कार्डसन), नुवाकोटले सर्लाही जिल्लाको बसबरिया गाउँपालिकाका बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


असोज ५ र ६ गते एक कार्यक्रमका विच राहत सामाग्री वितरण गरिएको हो ।


३० केजी एक बोरा चामल, ५ केजी दाल, ब्लाङकेट २, झुल २ का दरले ४८४ घर परिवारलाई राहत सामाग्री प्रदान गरिएको कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेतीले जानकारी दिनुभयो । कौडेना गाउपालिकामा ११ र १२ गते ७१६ घरधुरीलाई राहत सामाग्री वितरण गरिएको छ । जसमा अहिलेसम्म जम्मा १२ सय बाढी प्रभावित घर परिवारलाई राहत सामाग्री प्रदान गरिएको अध्यक्ष उप्रेतीले बताउनु भयो ।

राहत सामाग्री कार्यक्रममा बोल्दै बसबरिया गाउँपालिका अध्यक्ष राम अयोध्या यादवले सहयोगी संस्था कार्डसन नुवाकोट टिमलाई धन्यवाद दिएका थिए ।


महान पर्व दशै नजिकै राहत पाउँदा बाढि पिडीत जनताहरुले ठुलो राहत महसुस गरेको कार्डसन नेपालका बोड सदस्य सन्तोस थापाले बताउनु भयो ।

 

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार