आइतवार, कार्तिक ३, २०७६ | Sunday 20th October 2019

फेसबुकले लाइक बटन हटाउँदैछ ! त्यसपछि के हुन्छ ?

सेप्टेम्बर पहिलो साता सामाजिक सञ्जाल फेसबुकले लाइकको गणना हटाउने तयारी गरिरहेको समाचार विभिन्न अन्तर्राष्ट्रिय मिडियामा आए । फेसबुकले भने औपचारिक रुपमा त्यस्तो घोषणा गरेको छैन । त्यतिबेला प्रकाशित समाचारमा विध्वंसात्मक रुपमा प्रयोगकर्ताले अरुसँग तुलना गर्न थालेकाले त्यसो गर्न लागिएको फेसबुकका कतिपय अधिकारीहरुले बताएका थिए ।


ADVERTISEMENT

लाइक धेरै पाएन भने आफूलाई कमजोर ठान्ने र मनोवैज्ञानिक रुपमा नै यस्तो समस्या देखिएको ती समाचारमा जनाइएका थिए । नजानेरै विश्वका दशौं लाख मानिस मानसिक रोगको शिकार हुनुपरेको समेत अन्तर्राष्ट्रिय समाचारमा उल्लेख थिए ।

फेसबुकमा सन् २००९ देखि नै लाइक बटन रहेको छ । त्यसपछि प्रयोगकर्ताको मुख्य केन्द्र नै यही भइरहेको छ । आफूले पोस्ट गरेका सामग्रीमा कति लाइक र कमेन्ट आए भनेर प्रयोगकर्ता अल्मलिने गरेका छन् । बेलायतको टेलिग्राफ पत्रिकाको सेप्टेम्बर २ को अंकमा फेसबुकले लाइक बटन नै चाहिं नहटाउने तर कति लाइक आए भन्ने नदेखाउने तयारी गरेको उल्लेख गरिएको थियो ।

लाइक काउन्ट हटाउनका लागि टेस्ट गरिरहेको त्यतिबेला फेसबुकका अधिकारीलाई उद्धृत गर्दै सो समाचारमा जनाइएको थियो । उता इन्स्ट्राग्रामले केही क्यानडेली प्रयोगकर्ताका लागि लाइक हटाएको जनाइएको थियो ।  अन्य देशमा पनि त्यसलाई विस्तारै विस्तार गरिने त्यतिबेला चर्चा थियो । इन्स्ट्राग्रामले चाहिं औपचारिक रुपमै आफूले लाइकका कारण प्रयोगकर्तालाई पर्न गएको दबाब हटाउन चाहेको जनाएको थियो ।

इन्स्ट्राग्रामका कार्यकारी प्रमुख आडम मोस्सेरीले आफूहरुले यो परिवर्तनलाई स्थायी बनाउन चाहेको उल्लेख गरेका थिए ।  फेसबुक र इन्स्ट्राग्रामकै अधिकारीहरुले पनि सुरुमै यस खालको बटन राखिएकोमा खेद व्यक्त गरेको समेत त्यतिबेला चर्चा भएको थियो । त्यसबाटे अस्वस्थ वातावरण सिर्जना भएको भन्ने उनीहरुको भनाई थियो ।
मनोवैज्ञानिकहरुका अनुसार लाइक बटनका कारण मानिसहरुलाई सामाजिक सञ्जालको लत नै देखिने गरेको छ ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार