मङ्लबार, मंसिर ३, २०७६ | Tuesday 19th November 2019

अपेन बूढानीलकण्ठले ‘किड्स फन कर्निभल तथा दशै महोत्सव’ गर्ने

काठमाडौ ।
एसोसियसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल (अपेन) बूढानीलकण्ठ नगर कमिटीको आयोजनामा ‘अपेन किड्स फन कर्निभल तथा दशै महोत्सव’ असोज ४ गते शनिबार हुने भएको छ ।


ADVERTISEMENT


रुद्रेश्वर चोक, बूढानीलकण्ठमा रहेको नेशनल ब्लोमिङ फ्लावर एकेडेमीमा उक्त कार्यक्रम हुने बताइएको छ ।
बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख आतिथ्यतामा गरिने उक्त कार्यक्रममा अपेन बूढानीलकण्ठमा आवद्ध २१ प्रि–स्कूलको सहभागिता रहनेछ ।
कार्यक्रममा घोडचढी, निःशूल्क स्वास्थ्य शिविर, खानाका परिकारहरु, विधि मनोरञ्जनात्मक खेलकुद, सांगितिक प्रस्तुतीहरु, ख्याती प्राप्त कलाकारहरुबाट म्युजिक शो, दशै सपिङ, फेस पेन्टिङ, लक्की ड्र गरिने अपेन बूढानीलकण्ठका अध्यक्ष राज कुमार घिमिरेले बताए ।
कार्यक्रम बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म चल्ने संयोजन सुनिल ढुंगानाले बताए ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार