शुक्रबार, कार्तिक २९, २०७६ | Friday 15th November 2019

प्याब्सन काठमाडौँको ‘विद्यालय, शिक्षक तथा एसईई सम्मान कार्यक्रम’ शनिबार हुने

२६ भदौ, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौँले ‘विद्यालय सम्मान, प्याब्सन दिर्घसेवा पदक सम्मान तथा एसईई सम्मान कार्यक्रम’ गर्ने भएको छ ।


ADVERTISEMENT

भदौ २८ गते शनिबार थापागाउँमा रहेको बानेश्वर बैंक्वेटमा बिहान ११ बजेदेखि कार्यक्रम गरिने सञ्चार संयोजक अशोक दाहालले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यतामा गरिने कार्यक्रममा प्याब्सन केन्द्रिय कार्यसमितिका विभिन्न व्यक्ति, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यार्थी एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहने बताइएको छ ।

कार्यक्रममा प्याब्सन काठमाडौँमा आवद्ध ६५० विद्यालय मध्यबाट उत्कृष्ट १८४ विद्यालयलाई सम्मान गरिनेछ । ६४ शिक्षक तथा कर्मचारीलाई ‘प्याब्सन दिर्घ सेवा पदक’द्धारा सम्मान, एसईईमा ४ जिपिए ल्याउन सफल ३३ जना विद्यार्थीलाई सम्मान गरिने प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार