शुक्रबार, कार्तिक २९, २०७६ | Friday 15th November 2019

अपेन पदेश नम्वर ३ ले ‘किड्स गट ट्यालेन्ट’ गर्ने

काठमाडौँ ।
पूर्व प्राथमिक विद्यालयहरुको छाता संगठन एसोसियसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) प्रदेश नम्बर ३ ले अपेन ‘किड्स गट ट्यालेन्ट’ आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT

भदौ २८ गते शनिवार जावलाखेलमा हुने उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बुधवार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

काठमाडौँ उपत्यकाका प्रि स्कुलहरु बाट ५ बर्ष मुनिका ५५० जना भन्दा बढि बालवालिकाहरुले आफ्नो ट्यालेन्ट प्रस्तुत गर्ने छन् । अपेनले पहिलो पटक गर्न लागेको उक्त कार्यक्रममा बालबालिकाको मनोेवल उच्च राख्दै हार जित भन्दा पनि उनिहरुमा विजेताभावको प्रोत्साहनको लागी सहभागी सबैलाई पुरस्कृत गर्ने तयारी रहको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा वालवालिकाहरुले गायन, नृत्य, नाटक लगायतका विभिन्न विधामा आफ्नो ट्यालेन्ट प्रस्तुत गर्नेछन् । प्रतिष्पर्धा र विजेताको भावनालाई समेट्दै साना बालवालीकाहरुको प्रतिभा प्रस्फुटनका मञ्च बनाउँने उदेश्यले अपेन किड्स गट ट्यालेन्ट आयोजना गरिएको आयोजक अपेन प्रदेश नम्बर ३ का अध्यक्ष कृष्ण बोहोराले जानकारी गराए ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार