आइतवार, मंसिर १, २०७६ | Sunday 17th November 2019

लाइसियम मोडल स्कूलको ‘विद्यार्थी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न (भिडियो)

काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्वर ७, सिफलमा रहेको लाइसियम मोडल स्कूलले विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।


ADVERTISEMENT


भदौ १९ गते बिहिबार स्कूलकै हलमा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा कार्यक्रम गरिएको थियो ।


दिउसो १ बजेदेखि ४ बजेसम्म भएको उक्त कार्यक्रमको मुख्य वक्ताको रुपमा इश्वर श्रेष्ठ रहेका थिए । श्रेष्ठले स्वस्थ शरिर तथा मस्तिष्कका लागि कस्ता खानपानमा ध्यान दिने ?, प्रभावकारी सिकाईका लागि के गर्ने?, स्कूल, परिवारसंग कस्तो सम्वन्ध हुनुपर्छ ? भन्ने विषयमा केन्द्रित हुँदै विद्यार्थीहरुलाई अभिमुख गरेका थिए ।


अहिलेका विद्यार्थीहरु डिजिटल डिभाईमा बढि व्यस्त भइरेका छन्, बजारका रेडिमेट खानपानको सेवन बढ्दो रुपमा रहेको छ । जसबाट पर्ने नकारात्मक असर एवं प्रभाकारी सिकाईलाई जोड दिन विद्यार्थी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल राजेन्द्र थपलियाले बताउनु भयो ।

सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले लाइसियम मोडल स्कूलका फाउण्डर, प्रिन्सिपल राजेन्द्र थपलियासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार