सोमवार, भदौ ३०, २०७६ | Monday 16th September 2019

गोजु–काई कराँतेको टेक्निकल सेमिनार तथा प्रतियोगिता सुरु

काठमाडौ ।
बृ्ढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोकमा रहेको नेशनल युनाइटेड स्कूलमा गोजु-काई कराँतेको टेक्निकल सेमिनार सुरु भएको छ । वरिष्ठ जापानी प्रशिक्षकद्वय आई.के.जी.ए. एसिया ब्लकका डेपुटी ब्लक डाइरेक्टर हिडेकी वाकासुकी र नाउतो सुगीउराज्यको प्रशिक्षणमा चार दिनसम्म सेमिनार चल्ने बताइएको छ ।


ADVERTISEMENT


सेमिनारमा नेपाल गोजु-काई कराँते-डो संघ अन्तर्गतका ब्ल्याक बेल्ट तथा सो भन्दा माथिका खेलाडीहरूलाई प्रशिक्षण दिइनेछ भने आगामी सेमिनार २ दिनसम्म नेपाल प्रहरी प्रतिष्ठान महाराजगञ्ज तथा १ दिन पोखरामा गरी सम्पन्न हुनेछ । साथै काठमाडौँ महानगरपालिका-०३, बाँसबारीस्थित द चाँदबाग स्कूलमा गोजु-काई कराते प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५० र ५५ केजी तथा खुल्ला एवम् महिलातर्फ २०, २५, ३०, ३५, ४०, ४५ र ५० केजी तथा खुल्ला समुह र दुवैतर्फ एकल काता गरी उपत्यकाका विभिन्न विद्यालय तथा डोजोका खेलाडीहरूले १९ स्वर्ण, १९ रजत तथा ३८ कास्य पदकका लागि प्रतिस्पर्धा गर्दैछन् ।


सम्पन्न स्पर्धाहरुमा २० के.जी. तौल समृ्हको छात्रातर्फ द चाँदबाग स्कुल मेन ब्लककी श्रीयाक्क्षी खत्री प्रथम तथा गोल्डेन पिक स्कुलकी सोफिया कुँवर द्वितीय भएकी छन् । त्यसैगरी ४० के.जी. तौल समृ्हको छात्रतर्फ नेसनल युनाइटेड स्कुलका सरोज गिरी प्रथम हुँदा चिल्ड्रेन्स मोडल स्कुलका दावा शेर्पा द्वितीय हुन सफल भएका छन् । बाँकी रहेका प्रतिस्पर्धाहरुको समाप्तीसँगै पुरस्कार वितरण सहित भाद्र १९ गते सो प्रतियोगिताको समापन गरिने विद्यालयका प्रधानाध्यापक श्री निरा प्रधानले जानकारी गराउनुभयो ।


नेपाल गोजु-काई कराते-डो संघको अग्रसरतामा आयोजित टेक्निकल सेमिनार तथा प्रतियोगितामा छिमेकी मित्रराष्ट्र भारतबाट समेत सहभागिता रहेको छ । यसरी सञ्चालित टेक्निकल सेमिनार तथा गोजु-काई कराते प्रतियोगिताबाट सन् २०१९ सेप्टेम्बर २१ देखि अक्टोबर ०१ सम्म फिलिपिन्सको सिबुमा आयोजना हुन गइरहेको सातौँ एसिफिक गोजु-काई कराते प्रतियोगिता र टेक्निकल सेमिनार  (The 7th Karate Do Goju-Kai Asific Championship and Technical Seminar 2019)  मा नेपालको तर्फबाट सहभागी हुने खेलाडीहरू छनोट गरिने नेपाल गोजु-काई कराँते-डो संघका अध्यक्ष अशुराज श्रेष्ठले जानकारी गराउनुभयो ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार