आइतवार, भदौ ८, २०७६ | Sunday 25th August 2019

प्याब्सकको ‘बाल कुमार स्मिृती उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ हुँदै

२८ श्रावण, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘बाल कुमार स्मिृती उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ हुने भएको छ ।
प्याब्सकका अध्यक्ष एवं कान्तिपुर एकेडेमी हाई स्कूलका प्रिन्सिपल स्व. बाल कुमार गुरुङको सम्झनामा ‘बाल कुमार स्मिृती उपत्यकाव्यापी एकल आधुनिक गायन प्रतियोगिता’ आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।


ADVERTISEMENT


एक विद्यालयबाट २ प्रतियोगि सहभागि हुन पाउने छन् । सहभागि मध्यबाट उत्कृष्ट २० प्रतियोगि छनोटका लागि भाद्र १ गते आइतबार चाबहिलमा रहेको ए वान पार्टीमा मेगा अडिसन गरिने प्याब्सकका कोषाध्यक्ष राजन श्रेष्ठले बताए ।
फाइनल प्रतियोगिता भाद्र १३ गते शुक्रबार रसिय कल्चर सेन्टरमा हुनेछ ।
प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई क्रमस ७ हजार, ५ हजार र ३ हजार नगद सहित ट्रफी, प्रमाण–पत्रद्धारा पुरस्कृत गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार