आइतवार, भदौ ८, २०७६ | Sunday 25th August 2019

के.आई.एफ. कुरोदय मार्शल आर्टस् संघ नेपालको पहिलो साधारणसभा सम्पन्न, अध्यक्षमा कुवर निर्वाचित

काठमाडौँ ।
के.आई.एफ. कुरोदय मार्शल आर्टस् संघ नेपालको पहिलो साधारणसभा शनिबार सम्पन्न भएको छ ।


ADVERTISEMENT


थापागाउँमा रहेको कार्नीअल रेष्ट्रोको हलमा श्रावण १८ गते सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा पहिलो साधारणसभा सम्पन्न गरिएको हो ।


पहिलो साधारणसभाबाट पुनः एकेन्द्र बहादुर कुवर अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा राम चन्द्र श्रेष्ठ र विद्या चाम्लीङ, महासचिवमा सुरेन्द्र सिंह विष्ट, सचिवमा कुमार गुरुङ, सह–सचिवमा सुनिलराज कर्णीकार, कोषाध्यक्षमा आशुतोष बस्न्यात, सदस्यहरुमा सरोज भण्डारी, तेजेन्द्र शर्मा पौडेल, सृजना अधिकारी, योजना रेग्मि, वशन्त राज वाइवा, ध्रुव केसी, प्रकाश बस्नेत, वीर बहादुर लिम्बु, राजु पौडेल निर्वाचित भएका छन् ।


शनिबार नै निर्वाचित पदाधिकारीलाई सपथ तथा पदभार ग्रहण गराईएको के.आई.एफ. कुरोदय मार्शल आर्टस् संघ नेपालका महा–सचिव सुरेन्द्र सिंह विष्टले बताए ।


राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिमल्सिनाको प्रमुख आतिथ्यतामा गरिएको उक्त पहिलो साधारणसभामा संस्थापक अध्यक्ष धिरेन्द्र विष्ट, के.आई.एफ. कुरोदय मार्शल आर्टस् संघ नेपालकी राजदूत रीता राई दाहाल लगायत के.आई.एफ. कुरोदय मार्शल आर्टस्संग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सोही साधारणसभा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले अध्यक्ष एकेन्द्र बहादुर कुवर, संस्थापक अध्यक्ष धिरेन्द्र विष्ट, उपाध्यक्ष विद्या चाम्लीङ, महा–सचिव सुरेन्द्र सिंह विष्ट, तदर्थ समितिका कोषाध्यक्ष सन्तोषमणि न्यौपानेसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

प्रतिक्रिया

सम्बन्धित समाचार