आइतवार, भदौ ८, २०७६ | Sunday 25th August 2019

महाप्रस्थानमा निस्किन् मोरिसन

  • दासत्वमा पठाउनु भन्दा त मृत्यु उत्तम ठानेर मार्गरेटले आफ्नै प्यारी कान्छी छोरीको हत्या...
  • श्रावणको हरित पृष्ठभूमिमा नेपाली चेलीहरु रम्दै गर्दाविश्व साहित्यिकी एक चेली महाप्रस्थानमा निस्किन् । विश्व साहित्यिक आकाशकी एउटा लोभलाग्दो प्रकाशपुञ्ज सदाको लागि अस्तायो । यतिखेर शोकमा छ विश्व साहित्य ।


    ADVERTISEMENT

    नोबेल पुरस्कार विजेता महान साहित्यकार टोनीमोरिसन प्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दै उनको सम्झनालाई सानो लिखितमा उतार्ने प्रयास गर्दै छु ।

    सन् १९३१ मा अमेरिकामा जन्मेकी मोरिसन अफ्रिकन–अमेरिकन परिवारकी सन्तान हुन । काला र गोरा विच चरम विभेद भइरहेको पृष्ठभूमिबाट उठेकी मोरिसन आफ्नो उच्चशिक्षा अगाडि बढाउँदै गर्दा लेख्न तिर लागिन । उनको लेखन यात्रा अघि बढ्दै जाँदा कालन्तरमा उनी उपन्यासकार, निबन्धकार, सम्पादक हुँदै प्रोफेसर बन्नपुगिन । अफ्रिकनहरु मथि गरिने ज्यादती खासगरी दासत्वको सन्दर्भमा उनको कलम वेजोडले चलेको देखिन्छ । उनको वहुचर्चित उपन्यास बिलोभेड (Beloved) को लागि सन् १९९३ माउनलाई नोबेल पुरस्कार दिइयो । तत्पश्चात विश्व साहित्यमा उनको नाम र कामले थप उचाइलियो । दासात्वको क्रुर एवं हृदय विदारक दृश्यहरु प्रस्तुत गरेको उक्त उपन्यास साँच्चै मर्मस्पर्शी छ । एक जना आमाले आफ्नो छोरीलाई दासको रुपमा पठाउनु भन्दात सदाको लागि मुक्ति दिन्छु भनेर आफैं हत्या गरिदिएको अत्यन्तै दर्दनाक यर्थाथ समेटीएको उनको कृतिले विश्व साहित्यिक समुदायलाई साँच्चै आँशुमय बनायो ।

    क्थामा मार्गरेट नाम गरेकी एक महिला आफ्नो श्रीमान र छोराछोरी सहित एक मालिकको घरबाट भाग्छिन् । तर, पछि उनीहरुलाई समातिन्छ । फेरि उही ठाउँमा जानु परेपछि मार्गरेटले आफ्नी कान्छी छोरीलाई मारिदिन्छीन । यहाँनेर दासात्वभन्दा मृत्यु ठिक मानिएको छ । दासात्वको अगाडि मृत्यु सहज ठानिएको दृश्य साँच्चै मनलाई वेस्सरी रुवाउने खालको छ । त्यतिखेरको समयमा दासात्व कति अमानविय रहेछ भन्ने कुरा हामीले सहजै अनुमान लगाउन सक्छौं । खासगरी सिमान्तकृत समुदायको असह्य पिडालाई आफ्नो लेखनमा उतार्ने मोरिसनले अमेरिकी साहित्यमा नुतन आयम थप्न सफल भइन । आज उनको पदचापमा अमेरिकाले आफ्नो साहित्यिक सम्पन्नता देखिरहेको छ । दर्जनौं लोकप्रिय एवं मर्मस्पर्शी कृति दिएर अगस्ट ५ गते महाप्रस्थानमा निस्केकी महानतम लेखक टोनीमोरिसनको जीवनबाट हामीले सिक्नुपर्ने कुराहरु त धेरै छन ।तर, अहिलेलाई दुईवटा कुराहरुमा दृष्टि लगाउँ ।

    लेखन तथा अध्ययनःमोरिसनको लेखन र अध्ययन बानी गजबको थियो । उनी विहान सुर्याेदयभन्दा अगाडि नै उठेर लेख्न बस्थीन । विहानको स्वच्छ समयमा मानिसको समझ र सृजना शक्ति अत्यन्तै प्रखर भएर आउँछ । त्यस कारण विहानको समय लेखन तथा अध्ययनको लागि अत्यन्तै उत्तम समय हो भन्ने उनको विश्वास थियो । यो यथार्थ पनिहो ।

    त्यस्तै आफ्ना कथाको लागि पात्रा छान्दा उनले लामो समय लगाउँथिन । उनमा गजबको लेखन धैर्यता तथा साहस थियो । लेखनलाई पूजाको रुपमा ठानेर हरेक दिन केही न केही लेख्ने र अध्ययन गर्ने गर्थीन । हरेक दिन विभिन्न प्रकारका पुस्तकहरुलाई गहन रुपले अध्ययन गर्थीन । खासगरी महिला, बालबालीका तथा दासात्व सम्बन्धीका पुस्तकहरु उनको रोजाइमा पथ्र्याे । एकदमै गहन अध्ययन गर्थीन । उनी सधै भन्ने गर्थिनः यदि मानिसले आफ्नो लेखन सुधार्ने हो भने गहिरो अध्ययन गर्न जरुरी छ । वास्तवमा यो सत्य कुरो हो । जती बढी अध्ययन गर्यो त्यति नै बढी हाम्रो लेखन तथा समझको धराताल फराकिलो हुँदै जान्छ । मोरिसनले यदि लेखन र अध्ययनलाई पूजाको रुपमा समर्पण भावका साथ गर्न सक्यो भने संसारमा अब्बल भइन्छ भन्ने गतिलो सन्देश दिएकी छिन ।

    जीवनः एक अन्तरवार्तामा मोरिसनले जीवनको बारे माबोलेकी छिन् । उनी भन्छिनः जीवन साँच्चै भव्य (Great) छ । मेरा कथाका पात्राहरुले जीवनको भव्यतालाई त्यही रुपमा उतार्ने प्रयास गरेका छन् । तर, जीवनको भव्यतालाई जुनसुकै आयाममा फैल्याउन सकिन्छ भन्ने उनको मतथियो । वास्तवमा मोरिसनले जीवनको भव्यतालाई बुझ्न हामीलाई संकेत गरेकी छिन् । जीवन दुर्लभ छ । सुन्दर छ । अवसरमय छ । महान छ । पवित्र छ । यसलाई जुनसुकै आयाममा विस्तार गरेर जीउँन सकिन्छ । आजमोरिसन एउटा सानो पिछडिएको पिडित परिवारबाट उठेर संसार कै महान बनीन । ८८ वर्षको उमेरमा धर्ती छोड्दै गर्दा उनले जीवनको भव्यतालाई साँच्चै भव्य रुपमा बाँचिन । जीवनलाई साँच्चै सार्थक बनाइन । उनी जाँदै गर्दा हामीले पनि यो सत्यतालाई बुझ्न जरुरी छ । हामीले सित्तैमा पाएको यो जीवनलाई मोरिसनले जस्तै महान बनाउनुपर्छ ।
    मनुष्यजातीको लागि एउटा उज्जल नक्षत्रबनेर मोरिसनले जुन गुण लगाएकी छिन विश्वले त्यसलाई सधै सम्झि रहने छ । उनले छरको उज्यालोमा विश्व साहित्य लम्की रहने छ । विश्वको एउटा कुनाबाट उदाएकी भए पनि हामी नेपालीहरुलाई पनि मोरिसन प्यारी छिन् । उनको उचाईले हामीलाई पनि उचाई बढाउन मद्दत गर्ने छ ।

    लेखक विवेक विनयी जुगल स्कूल/कलेजका प्राचार्य हुन् ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार