बिहिबार, अशोज ३०, २०७६ | Thursday 17th October 2019

काठमाडौँ जेभियरको ‘एसईई सम्मान तथा अभिभावक, विद्यार्थी प्रशिक्षण कार्यक्रम’ सम्पन्न (भिडियो)

२६ श्रावण, काठमाडौँ ।
नयाँ बानेश्वर, लाखेचौर मार्गमा रहेको काठमाडौँ जेभियर पब्लिक स्कूलले ‘एसईई सम्मान तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अभिभावक, विद्यार्थी प्रशिक्षण कार्यक्रम’ सम्पन्न गरेको छ ।


ADVERTISEMENT


शुक्रबार विद्यार्थी, अभिभावकहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेस थापाक्षेत्रीको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा प्रदेश नम्वर ३ का प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिका वडा नम्वर १० का वडाअध्यक्ष राम कुमार केसी, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको प्रिन्सिपल आर.बी. अधिकारीले बताए ।


कार्यक्रममा एसईई उतिर्ण विद्यार्थीहरुलाई सामुहिक फोटो फ्रेम, खादा, अविरद्धारा सम्मान गरिएको थियो । उक्त अवसरमा काठमाडौँ जेभियर पब्लिक स्कूल अंकित खादा र कपको समेत सार्वजनिक गरिएको थियो ।


दिउसो ३ बजदेखि बेलुका ६ बजेसम्म भएको उक्त कार्यक्रममा काठमाडौँ जेभियर पब्लिक स्कूलमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन समेत प्रस्तुुत गरेको थिए ।


महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र सामुदायीक प्रहरी सेवा केन्द्र १० लाखेचौर बानेश्वरको समेत आयोजना रहेको उक्त कार्यक्रममा डिआइजि थापा, प्रदेश नम्वर ३ का प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ, सामुदायिक प्रहरी सेवा १० केन्द्रका इन्चार्ज प्रहरी हवल्दार ताराराम दयाललाई विद्यालयले सम्मान गरेको थियो ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजि) शैलेस थापाक्षेत्रीले हरेक आमाबाबुले आफ्ना केटाकेटीलाई उनीहरुले भन्ने वित्तिक्कै मोवाइल, ट्याब र ल्यापटप हैन, समय दिन आग्रह गरेका छन् ।
केटाकेटीलाई हरेक दिन समय दिन, उनीहरुको कुरा सुनेर उनीहरुकै साथीजस्तो बनेर सहयोग गर्न पनि डिआइजि थापाले अभिभावकलाई सुझाए । केटाकेटीको उमेर अनुसार भएको परिवर्तन बाहेक एक्कासी परिवर्तन आएमा अभिभावकले तत्काल चासो दिनुपर्ने पनि डिआईजि थापाले बताए ।


सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले काठमाडौँ जेभियर पब्लिक स्कूलका एकेडेमीक हेड अर्जुन प्रकाश भुसालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार