आइतवार, भदौ ८, २०७६ | Sunday 25th August 2019

‘माफ अन्तरविद्यालय जुनियर फुट्सल च्याम्पियनसिप’ सम्पन्न, नोबेललाई उपाधि (फोटोफिचर)

२६ श्रावण, काठमाडौँ ।
म्युचुअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा ‘प्रथम माफ अन्तरविद्यालय जुनियर फुट्सल च्याम्पियनसिप-2076’ सम्पन्न भएको छ ।


ADVERTISEMENT


सोमबार विजयी विद्यार्थीलाई पुरस्कृत गर्दै उक्त प्रतियोगिता सम्पन्न गरिएको हो ।


माफमा आवद्ध १७ विद्यालयको सहभागितामा श्रावण २० र २१ गते प्रतियोगिता सञ्चालन गरिएको थियो ।


धुम्वाराहीमा रहेको धन्वन्तरी फुट्सलमा आयोजना गरिएको ‘प्रथम माफ अन्तरविद्यालय जुनियर फुट्सल च्याम्पियनसिप’ को उपाधि नोबेल एकेडेमीले जितेको छ ।

जगत मन्दिर सेकेण्डरी स्कूल दोश्रो, क्याम्ब्रिज पब्लिक स्कूल र लाइसियम मोडल स्कूलले तेश्रो स्थान हासिल गरेका छन् ।


विजयी टिमलाई ट्फी, मेडल र प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो ।


यस्तै लाइसियम मोडल स्कूलका मञ्जिल भुजेल प्रतियोगिताको बेष्ट प्लेअर चुनिएका छन् । जगत मन्दिर सेकेण्डरी स्कूलका नारायण भुजेल हाई स्कोरर्, इलिक्सर एकेडेमीका प्रनिश सापकोटा बेष्ट गोलकिपर, नोबेल एकेडेमीका प्रनिश राउत बेष्ट मिडफिल्डर चुनिएका छन् ।

उक्त उत्कृष्ट खेलाडीहरुलाई एम्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले ट्रफी प्रदान गरेका थिए ।


अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा गरिएको उक्त पुरस्कार वितरण कार्यक्रममा माफका अध्यक्ष राजन आचार्य, सचिव सम्झना लामा, इलिक्सर एकेडेमीका प्रिन्सिपल एवं काठमाडौँ जिल्ला स्काउटका जिल्ला आयुक्त रविन दाहाल, पिस प्वाइन्ट बोर्डिङ्ग स्कूलकी प्रिन्सिपल इशु गुरुङ, सम्भबी स्कूलका प्रिन्सिपल हरि श्रेष्ठ, रिभेरा इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल प्रज्वल कोइराला, ह्विज किड्स इन्टरनेशनल स्कूलका प्रिन्सिपल राजेश खरेल, लाइसियम मोडल स्कूलका प्रिन्सिपल राजेन्द्र थपलिया, एडभान्स हाई स्कूलका प्रिन्सिपल पुरुषोत्तम देवकोटा, विभिन्न स्कूलका प्रतिनिधि, शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं एन्फाका अध्यक्ष शेर्पाले विजयी विद्यार्थी तथा विद्यालयलाई बधाई दिएका थिए । आगामी दिनहरुमा माफले गर्ने फुट्सल तथा फुटबल टुर्नामेन्टमा एन्फाले आवश्यक सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।


कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवं माफका अध्यक्ष राजन आचार्यले विद्यार्थीहरुमा रहेको फुट्सल मोहलाई उजागर गर्नका लागि ‘माफ अन्तरविद्यालय जुनियर फुट्सल च्याम्पियनसिप’ को आयोजना गरिएको बताएका थिए । भब्यताका साथ सम्पन्न भएको छ । सहयोग प्रदान गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दछु अध्यक्ष आचार्य भन्छन् ।


२ दिनसम्म चलेको उक्त प्रतियोगितालाई रेगन सिंहले संयोजन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार