आइतवार, भदौ ८, २०७६ | Sunday 25th August 2019

एन प्याब्सन कागेश्वरीको ‘अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता’ भोली हुने

२५, श्रावण, काठमाडौँ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) कागेश्वरी मनोहरा नगर कमिटीले श्रावण २६ गते आइतबार ‘अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता साथै एसईई तथा उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम’ गर्ने भएको छ ।
१७ विद्यालयको सहभागितामा उक्त कार्यक्रम हुन लागेको हो ।
संस्थागत विद्यालयका विद्यार्थीहरुको सर्वांगीण विकासका लागि शैक्षिक क्षेत्रमा सक्रिय रहेको एन प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीले जातजाति, भाषा, धर्म, संस्कृति र रीतिरिवाजसंग सम्बन्धि गीतमा विद्यार्थीहरुले लोक नृत्य प्रस्तुत गर्नेछन् एन प्याब्सन कागेश्वरी मनोहरा नगरपालिका कमिटीका अध्यक्ष अमृत खड्काले बताउनु भयो ।
गोठाटारमा रहेको सनसिटी प्यार्टी प्यालेसमा गरिने उक्त कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा एन प्याब्सनका राष्ट्रिय अध्यक्ष रितु राज सापकोटा र समापन समारोहमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा रहने एन प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीका कोषाध्यक्ष प्रेम कुमार भुजेलले बताउनु भयो ।
उक्त अवसरमा एन प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीमा आवद्ध विद्यालयका एसईई उतिर्ण विद्यार्थी एवं उत्कृष्ट शिक्षकलाई सम्मान गरिनेछ ।
लोक नृत्य प्रतियोगिताबाट विजयी विद्यार्थी तथा विद्यालयलाई ट्रफी, प्रमाण–पत्रद्धारा पुरस्कृत गरिनेछ ।
कार्यक्रम बिहान ११ बजेदेखि सुरु गरिने बताइएको छ ।


ADVERTISEMENT

प्रतिक्रिया

सम्बन्धित समाचार