आइतवार, भदौ ८, २०७६ | Sunday 25th August 2019

बाह्रमाइलमा सिद्धेश्वर महादेव कालिनाथ मन्दिरको उद्घाटन गरियो (भिडियो)

नुवाकोट ।
नुवाकोटको ककनि गाउपालिका वडा नम्वर १ मा सिद्धेश्वर महादेव कालिनाथ मन्दिरको उद्घाटन गरिएको छ ।


ADVERTISEMENT


ककनि गाउपालिकाका अध्यक्ष मान बहादुर तामाङ्गले असार २२ गते उद्घाटन गरेका हुन् ।


उक्त ठाउँमा नागको उत्पति भएको र नागलाई मान्दै आइएको छ । सो कुराको उचित संरक्षण गर्न स्थानियहरुको सहयोगबाट नै नागको मुर्ति राखि सिद्धेश्वर महादेव कालिनाथ मन्दिरको स्थापना गरिएको भिमेश्वर महादेव कालिनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष मान बहादुर थोकर तामाङ्गले बताए ।


उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं ककनि गाउपालिकाका अध्यक्ष मान बहादुर तामाङ्गले सिद्धेश्वर महादेव कालिनाथ मन्दिरलाई अझ व्यबस्थित गर्न ककनि गाउपालिकाले ७ लाख ५० हजार बराबरको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।


उद्घाटन कार्यक्रममा ककनि गाउपालिकाका वडा नम्वर १ का वडाअध्यक्ष कुमार बलामी, सिद्धेश्वर महादेव कालिनाथ मन्दिर संरक्षण समितिका सल्लाहकार सुनिल स्यांताङ, भिमेश्वर महादेव कालिनाथ मन्दिर संरक्षण समिति पदाधिकारी, स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले सिद्धेश्वर महादेव कालिनाथ मन्द्रिर संरक्षण समितिका अध्यक्ष मान बहादुर तामाङ र सल्लाहकार सुनिल स्यांताङसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

प्रतिक्रिया

सम्बन्धित समाचार