आइतवार, भदौ ८, २०७६ | Sunday 25th August 2019

टी-२० विश्वकप छनोट : कतारसँग नेपालको अप्रत्यासित हार

सिंगापुरमा भइरहेको टी-२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार बिहान सिंगापुरमा भएको खेलमा नेपाललाई कतारले चार विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT

१२३ रनको लक्ष्य कतारले चार बल बाँकी हुँदा भेट्टायो । उसका लागि इनाम–उल–हले ३२ बलमा ४१, कामरन खानले १५ बलमा २२, नूमन सर्वारले १५ बलमा १५ तथा जाहीर इब्राहिमले ९ बलमा १२ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले सबै विकेट गुमाएर १२२ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३५ बलमा ३४ रन बनाए । यस्तै कप्तान पारस खड्काले १७ बलमा २८, उपकप्तान ज्ञानेन्द्र मल्लले २४ बलमा २३ तथा सोमपाल कामीले १२ बलमा ११ रन बनाए ।

अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका कप्तान खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । त्यसपछिका विकेट अधिकांश चाँडो गए । कतारका इक्बाल हुसनले तीन तथा तमूर साजद र नूमन सर्वारले दुई–दुई विकेट लिए ।

पाँच देशको सहभागिता रहेको छनौट प्रतिस्पर्धा सोमबारदेखि सिंगापुरमा सुरु भएको हो । आयोजक सिंगापुरले सोमबार भएको खेलमा कतारलाई पराजित गरेर राम्रो सुरुवात गरेको छ ।

हारले भने नेपाललाई भने ठूलो धक्का दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार