आइतवार, भदौ ८, २०७६ | Sunday 25th August 2019

देशकाे मध्य र पूर्वी भागमा हल्कादेखि भारी वर्षा हुने, सतर्क रहन आग्रह

आज माैसम देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानहरुमा हल्कादेखि भारी मात्रामा वर्षा हुने सम्भावना रहेको छ ।


ADVERTISEMENT

मनसुनी न्यूनचापीय रेखा वर्षा गराउने प्रणाली नेपालबाट दक्षिण भारततर्फ सरेकाले देशभरको मनसुनी गतिविधि कम भएको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मनसुनी गतिविधि कमजोर अवस्थामा रहेकाले बिहीबार केही ठाउँमा मात्र ठूलो पानी पर्ने सम्भावना छ ।

विशेषगरी आज सामान्यदेखि आंशिक बदली हुँदै देशकाे मध्य र पर्वी भागमा वर्षा हुनेछ ।महाशाखाले बिहीबार देशभरीकै मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरे पनि बढी सक्रियता भने मध्य र पूर्वी भेगमै हुनेछ ।

मनसुनी गतिविधिमा स्थानीय वायु मिसिएकाले आज बिहानैदेखि काठमाडाैँ उपत्यकाका साथै मध्य र पूर्वका केही ठाउँमा ठूलाे पर्षा भइरहेकाे छ ।

मनसुनी गतिविधिसँगै स्थानीय वायुको प्रभावले केही ठाउँमा ठूलो वर्षा हुँदा देशको पहाडी भू–भागमा पहिरो जानसक्ने तथा खोला तथा नदीमा जलको बहाव र स्तर हल्का बढ्नसक्ने सम्भावना पनि रहेकाले सतर्क रहन महाशाखाले २४ घण्टे चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार