आइतवार, भदौ ८, २०७६ | Sunday 25th August 2019

चर्चित सांसद शान्ता चौधरी जुगल कलेजमा कानुन पढ्दै…

कपन स्थीत एक प्रतिष्ठित स्कूल तथा प्रस्तावित कलेज जुगल इङ्लिस मिडियम स्कूलले एक भब्य कार्यक्रमको विच आफ्ना कक्षा १० का ९औं ब्याचका विद्यार्थीहरुलाई बधाई दिँदै विदाइ गरेको छ ।


ADVERTISEMENT


कपन स्थीत इभर साइन पार्टी प्यालेसको प्रेक्ष्यलयमा आयोजित विशेष कार्यक्रममा चर्चित सांसद एवं संघीय संसद नेकपाकी सचेतक शान्ता चौधरी प्रमुख अतिथिको रुपमा निम्त्याइएको थियो । त्यस्तै प्रदेश नं. ३ को सभासद एवं प्रदेश सभा, नेकाकी प्रमुख सचेतक राधा घले पनि विशेष अतिथिको रुपमा निम्त्याइएको थियो ।


विद्यार्थीको सम्मानसँगै कार्यक्रममा सांसद शान्ता चौधरीको सम्मान पनि हेर्न लायक रह्यो । कलिलो उमेरमा कमलारी हुँदै सांसदसम्म बन्न लामो एवं कठिन संघर्ष तय गरेकी चौधरीले यही वर्ष कक्षा १० उत्तिर्ण गरेकी हुन । आफ्नो छोरीसँगै कक्षा १० पूरा गरेकी शान्ता चौधरीलाई विद्यालयले शिक्षा प्राप्तीको लागि देखाएको उत्साह एवं सिंगो देशको शिक्षा क्षेत्रमा अभूतपूर्व प्रेरणा छर्न सफल भएकोमा धन्यवाद दिँदै सम्मान–पत्र तथा दोसल्लाह ओढाएर विशेष सम्मान ग¥यो ।


उमेर ढल्केर पनि अध्ययनमा विशेष रुची देखाएकोमा सांसद चौधरीलाई विद्यालयले सम्मान गरेको भन्दै विद्यालयका प्रिन्सिपल विवेक विनयीले सांसाद चौधरीलाई जुगलमै कक्षा ११ मा भर्ना भएर कानुन पढ्न आग्रह गर्नु भयो । चर्चित सांसद शान्ताचौधरी जुगल कलेजमा कानुन पढ्दै अघि बढ्दै भन्नु पाए आफुहरुलाई गर्व लाग्ने उहाँले बताउनु भयो ।


कार्यक्रममा सांसद चौधरीले आफ्ना जीवनका कहालीलाग्दा मर्मस्पर्शी सत्यताहरु सुनाउनु भयो । ८ वर्षको कलिलो उमेरमा कमलारी बन्नु परेकी चौधरीले शारीरिक शोषणबाट वच्न १५ वर्षको उमेरमा विवाह गर्नु परेको सुनाउँदा पुरै हल स्तब्ध बनेको थियो । उहाँले जीवनमा संघर्ष र शिक्षा अति नै महत्वपूर्ण रहने बताउँदै भर्खर आफुसँगै कक्षा १० पूरा गरेका विद्यार्थीहरुलाई यो सुन्दर अवसरको सदुपयोग गर्न सल्लाह दिनुभयो । शिक्षाभन्दा महत्वपूर्ण कुरो जीवनमा केही हुन्न भन्दै सांसद चौधरीले सबै विद्यार्थीहरुलाई शिक्षाको उज्यालो ज्योतिसँगै आफ्नो परिवार समाज हुँदै सिंगो राष्ट्रलाई संवृद्धिले झलमल्ल पार्न पनि सुझाउनु भयो । अन्तमा सांसद चौधरीले जुगलमा कानुन पढ्न अनुरोध गरेकोमा धन्यवाद दिँदै आफुले कुनै एक सामुदायिक विद्यालयमै कक्षा ११ अध्ययन गर्ने बताउनु भयो ।


साँझसम्म चलेको उक्त कार्यक्रममा यो ब्याचमा जि.पि.ए. ३.९५ ल्याएर सर्वाेत्कृष्ट बनेका मन्दीप लुँइटेल तथा छात्रा तर्फ जि.पि.ए. ३.८५ ल्याएर उत्कृष्ट भएकी स्वष्तीका भट्टराईलाई विशेष सम्मान गर्दै समग्र विद्यार्थीहरुलाई पनि सम्मान गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमका साथ भब्य बद्याई तथा विदाइ कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमलाई विद्यालयका अंग्रेजी शिक्षक तथा साहित्यकार अविनास भट्टराइले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार