आइतवार, भदौ ८, २०७६ | Sunday 25th August 2019

जयबागेश्वरी यूवा क्लब र एन प्याब्सन काठमाडौँको संयुक्त आयोजनामा साप्ताहिक निःशुल्क स्वास्थ्य शिविर

३० असार, काठमाडौँ ।
जयबागेश्वरी यूवा क्लब, एन प्याब्सन काठमाडौँ र लायन्स ब्लब अफ काठमाडौँ पशुपतिनाथको आयोजनामा साप्ताहिक निःशुल्क स्वास्थ्य शिविर हुँदै आएको छ ।
जयबागेश्वरी यूवा क्लबको भवन, जयबागेश्वरीमा हरेक शनिबार बिहान ७ बजेदेखि ८ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर बैशाखदेखि हुँदै आएको हो ।


ADVERTISEMENT


जय दिर्घायु गुरु हस्पिटल, चाबहिलको प्राविधिक सहयोगमा निःशुल्क ब्लड प्रेसर, सुगर तथा अन्य जनरल चेकअप गरिदै आइएको छ ।
व्यबस्थापन गर्न चुनौती भएता पनि विभिन्न सामाजिक संस्थाहरुको सहयोगबाट कालान्तरसम्म लैजाने आफ्नो लक्ष्य रहेको जयबागेश्वरी यूवा क्लबका अध्यक्ष दिलिप वैद्यले बताए ।


स्वास्थ्य परिक्षणमा सबैको पहुँच पुगोस् भन्नका लागि एन प्याब्सन काठमाडौँले विभिन्न स्वास्थ्य केन्द्रित कार्यक्रमलाई अगाडी सारेको छ । जस अन्तर्गत जयबागेश्वरी यूवा क्लबसंगको सहकार्यमा हरेक शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिदै आएको एन प्याब्सन काठमडौँका सदस्य एवं स्वास्थ्य विभाग प्रमुख राजन श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार