आइतवार, अशोज ५, २०७६ | Sunday 22nd September 2019

भानु जयन्तीको अवसरमा रिभेरामा अन्तरविद्यालय कविता लेखन तथा वाचन प्रतियोगिता (भिडियो)

काठमाण्डौ ।
२०६औँ भानु जयन्तीको अवसरमा चाबहिल, मैज्युबहामा रहेको रिभेरा इन्टरनेशल एकेडेमीमा अन्तरविद्यालय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ ।


ADVERTISEMENT


बिहिबार म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) र भानु प्रतिष्ठानको आयोजना तथा रिभेराको संयोजनमा अन्तरविद्यालय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको हो ।


नेपाली संस्कृति र साहित्यका शिखर पुरुष सांस्कृति विद तथा वांमय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा गरिएको उक्त प्रतियोगितामा भानु प्रतिष्ठानका अध्यक्ष प्रो. डा. व्रतराज आचार्य, नेपाल सरकारबाट कतारका लागि नेपाली राजदुत सिफारिस डा. नारदनाथ भारद्धाज, माफका अध्यक्ष राजन आचार्य एवं पदाधिकारी, रिभेराका विद्यालय सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भट्टराई, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रकाश श्रेष्ठ, प्रिन्सिपल प्रज्वल कोइराला, प्रतियोगितामा सहभागि विद्यालयका प्रतिनिधि लगायत शिक्षा तथा साहित्यसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि वांमय शताब्दी पुरुष जोशीको बाहुलीबाट दिपमा प्रज्वलन, भानुभक्तको तस्विर तथा सरस्वती माताको तस्विरमा माल्यार्पण गरि कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।


कार्यक्रममा रिमेराका कक्षा ६ र ७ का विद्यार्थीहरुले सपन घिमिरेको रचना तथा संगितमा भानुभक्तप्रति समर्पित गीत प्रस्तुत गरेका थिए ।


विद्यालयका प्रिन्सिपल प्रज्वल कोइरालाले आफ्नो स्वागत मन्तव्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गर्दै कार्यक्रमको औचित्य बारे स्पष्ट पारेका थिए ।


उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं वांमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरिएको थियो ।


माफ अन्तर्गत १६ विद्यालयको सहभागिता रहेको उक्त अन्तरविद्यालय कविता लेखन तथा वाचन प्रतियोगितामा प्रतियोगी विद्यार्थीहरुलाई सुरुमा कविता बारे करिब २ घण्टा प्रशिक्षण दिइएको थियो । सो पश्चात प्रतियोगीहरुले आफैले कविता लेखेका थिए र वाचन गरे ।


प्रतियोगिताबाट क्याम्ब्रिज पब्लिक स्कूलकी छात्रा श्रीष्ना उपाध्याय प्रथम भएकी छिन् । लाइसियम मोडल स्कूलकी छात्रा अनुषा ढुंगेल द्धितीय, ज्ञान निकेतन स्कूलका छात्र सुशील गौतम तृतीय र ग्लोबल पब्लिक स्कूलकी छात्रा समीक्षा कार्की सान्त्वना भएकी छिन् ।


विजयी विद्यार्थीहरुलाई प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमस नगद ३ हजार, २ हजार, १ हजार र ५ सय सहित ट्रफी, प्रमाण–पत्रद्धारा पुरस्कृत गरिएको थियो ।


कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो ।

सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले रिभेरा इन्टरनेशनल एकेडेमीका फाउण्डर, प्रिन्सिपल प्रज्वल कोइरालासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

माफका अध्यक्ष राजन आचार्यसंग गरिएको स्थलगत सम्वादः

भानु प्रतिष्ठानका अध्यक्ष प्रो.डा. व्रतराज आचार्यसंग गरिएको स्थलगत सम्वादः

 

थप तस्विरः

 

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार