बिहिबार, अशोज ३०, २०७६ | Thursday 17th October 2019

संसदीय सुनुवाइबाट चार राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाई विशेष समितिले चार देशका लागि सिफारिस भएका राजदूतको नाम अनुमोदन गरेको छ । सोमबार बसेको बैठकले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि राजदूतमा सिफारिस चार जनाको नाम सर्वसम्मतीले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।


ADVERTISEMENT

योग्यता, क्षमता र कार्ययोजना चित्तबुझ्दो भएकाले सरकारले सिफारिस गरेका राजदूतहरुको नाम सर्वसम्मतीले अनुमोदन गरिएको सभापति कर्णले बताए।

यसअघि समितिको बैठकमा प्रस्तावित राजदूतहरु दाहाल, मिश्र, भारद्वाज र शेर्पाले आफ्नो योग्यता, क्षमता र कार्ययोजना प्रस्तुत गर्दै नेपाललाई समृद्ध बनाउने गरी आफूहरुले कूटनीतिक गतिविधिलाई तीव्रता दिने प्रतिवद्धता जनाएका थिए।

सरकारले राजदूतमा अष्ट्रेलियाका लागि महेशप्रसाद दाहाल, स्पेनका लागि दावाफुटी शेर्पा, कतारका लागि नारद भारद्वज र बंगलादेशका लागि वंशिधर मिश्रलाई सिफारिस गरेको थियो। संसदीय समितिबाट अनुमोदित प्रस्तावित राजदूतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार