बिहिबार, अशोज ३०, २०७६ | Thursday 17th October 2019

पशुपति आर्यघाटबाट सदाका लागि अस्ताए बाल कुमार (फोटोफिचर)

स्व. बाल कुमार गुरुङको पार्थिव शरीर

३२ जेठ, काठमाडौँ ।
शिक्षासेवी बाल कुमार गुरुङ पशुपति आर्यघाटबाट सदाका लागि विदा भएका छन् ।


ADVERTISEMENT


जेठ ३० गते मेडिसिटी हस्पिटलमा गुरुङको निधन भएको थियो । उनको पार्थिव शरिरलाई शनिबार (आज) पशुपति आर्यघाटमा दाहसंस्कार गर्दै सदाका लागि विदा गरिएको हो ।

स्व. बाल कुमार गुरुङको पार्थिव शरीर

गुरूङको पार्थिव शरीरलाई आज अनामनगरको तमु सेवा समितिको कार्यालय र पशुपतिमा राखेर श्रद्धाञ्जली कार्यक्रम गरे पछि आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

स्व. बाल कुमार गुरुङलाई श्रद्धाञ्जली दिँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एवं नेताहरु

पार्थिव शरीरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेसका महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, प्रमुख सचेतक बालकृष्ण खाँड, प्याब्सनका निवर्तमान अध्यक्ष विजय सम्वाहाम्फे, नेसनल प्याब्सनका अध्यक्ष रितुराज सापकोटा, नेसनल प्याब्सनका निवर्तमान अध्यक्ष कर्ण बहादुर शाही, प्याब्सनका सहअध्यक्ष डि.के. ढुंगाना, नेसनल प्याब्सनका सल्लाहकार पाण्डब हमाल, प्याब्सन प्रदेश नम्वर ३ का अध्यक्ष थकिन कुमार गुरुङ, प्याब्सन काठमाडौँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली लगायत उपत्यकाका अधिकांश प्रिन्सिपल एवं शिक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।

गत शुक्रबार गुरुङको मस्तिष्क समस्याका कारण मेडिसिटी हस्पिटलमा सल्यक्रिया गरिएको थियो । सल्यक्रिया पछि सामान्य बोल्न सक्ने भएका थिए ।

स्व. बाल कुमार गुरुङको पार्थिव शरीर

मंगलबार पुनः मस्तिष्कमा समस्या देखिए पछि दोश्रो सल्यक्रिया गरिएको थियो । सो पश्चात गुरुङको स्वास्थ्यमा कुनै सुधार आएन ।

स्व. बाल कुमार गुरुङको बुवा

बिहिबार बेलुका ८ बजेर २० मिनेटमा अस्पतालले मृत घोषणा गरेको थियो ।

स्व. बाल कुमार गुरुङको श्रीमती

४१ वर्ष पुगेका स्वर्गिय गुरुङको श्रीमती, एक छोरी छिन् ।

स्व. बाल कुमार गुरुङको आमा

डेढ दशकदेखि शिक्षा क्षेत्रमा समर्पित रहेका बाल कुमार गुरुङ बौद्ध, पिपलबोटमा रहेको कान्तिपुर एकेडेमी हाई स्कूलका संस्थापक प्रिन्सिपल हुन् भने प्याब्सकको अध्यक्ष, नेसनल प्याब्सन गोकर्णेश्वर नगरको अध्यक्ष, नेसनल प्याब्सन काठमाडौँको सह–सचिव रहेका थिए ।

आइतबार शोक विदा

स्व. बाल कुमार गुरुङको पार्थिव शरीर

प्रिन्सिपल बाल कुमार गुरुङप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै असार १ गते आइतबार काठमाडौँ जिल्लामा रहेका सम्पुर्ण निजी विद्यालयमा शोक विदा दिने प्याब्सन काठमाडौँ र नेसनल प्याब्सन काठमाडौँले निर्णय गरेको छ ।
शुक्रबार संयुक्त विशेष विज्ञप्ती जारी गर्दै शोक विदा दिने निर्णय गरेको हो ।


यस्तै उक्त संयुक्त विशेष विज्ञप्तीमा पूर्व शिक्षामन्त्री धनीराम पौडेलको शुक्रबार भएको निधनप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार