आइतवार, भदौ ८, २०७६ | Sunday 25th August 2019

मेडिसिटीमा प्रिन्सिपल गुरुङको निधन

३१ जेठ, काठमाडौँ ।
शिक्षाविद्ध एवं कान्तिपुर एकेडेमी हाई स्कूलका संस्थापक प्रिन्सिपल बाल कुमार गुरुङको बिहिबार मेडिसिटी हस्पिटलमा निधन भएको छ ।


ADVERTISEMENT

मस्तिष्क सल्यक्रिया पछिको उपचारमा रहेका गुरुङको जेठ ३० गते (हिजो) निधन भएको हो ।

गत शुक्रबार गुरुङको मस्तिष्क समस्याका कारण मेडिसिटी हस्पिटलमा सल्यक्रिया गरिएको थियो । सल्यक्रिया पछि सामान्य बोल्न सक्ने भएका थिए ।

मंगलबार पुनः मस्तिष्कमा समस्या देखिए पछि दोश्रो सल्यक्रिया गरिएको थियो । सो पश्चात गुरुङको स्वास्थ्यमा कुनै सुधार आएन ।

बिहिबार बेलुका ८ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

गुरुङको पार्थिव शरिरलाई शनिबार दिउसो १२ बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

४१ वर्ष पुगेका स्वर्गिय गुरुङको श्रीमती, एक छोरी छिन् ।

लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित रहेका बाल कुमार गुरुङ प्याब्सकका अध्यक्ष, नेसनल प्याब्सन गोकर्णेश्वर नगरका अध्यक्ष, नेसनल प्याब्सन काठमाडौँका सह–सचिव रहेका थिए ।

 

आइतबार शोक विदा

शिक्षाविद्ध एवं प्रिन्सिपल बाल कुमार गुरुङप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै असार १ गते आइतबार काठमाडौँ जिल्लामा रहेको सम्पुर्ण निजी विद्यालयमा शोक विदा दिने प्याब्सन काठमाडौँ र नेसनल प्याब्सन काठमाडौँले निर्णय गरेको छ ।

शुक्रबार संयुक्त विशेष विज्ञप्ती जारी गर्दै शोक विदा दिने निर्णय गरेको हो ।

यस्तै उक्त संयुक्त विज्ञप्तीमा पूर्व शिक्षामन्त्री धनीराम पौडेलको शुक्रबार भएको निधनप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार