सोमवार, असार २, २०७६ | Monday 17th June 2019

जुगलमा भोली बृहत रक्तदान हुने

३१ जेठ, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १०, कपनमा रहेको जुगल इङिलस मिडियम स्कूलमा बृहत रक्तदान हुने भएको छ ।
विश्व रक्तदाता दिवसको अवसरमा शनिबार स्कूलको प्रांगणमा बृहत रक्तदान कार्यक्रम गरिने बताइएको छ ।


विश्व रक्तदाता दिवसको अवसरमा हरेक वर्ष जुगलले रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान जस्तो पवित्र काममा सहभागी हुनका लागि स्कूलका अभिभावक, विद्याथी तथा अन्य सम्पुर्णलाई उपस्थिति भई विशेष सहयोग गर्न अपिल गरिएको प्रिन्सिपल विवेक विनयीले बताउनु भयो ।
एक जनाले गरेको रक्तदानबाट २ जनाको जीवन बच्न सक्छ । त्यसैले उक्त महादानमा सहभागि हुन सम्पुर्णमा अनुरोध गरिएको प्रिन्सिपल विनयी भन्नुहुन्छ ।
रक्तदान कार्यक्रम बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार