आइतवार, भदौ १, २०७६ | Sunday 18th August 2019

‘केभीएस फुटबल सुपर लिग’को उपाधिको लागि प्राक्सिस र पिस प्वाइन्ट भोली भिड्दै

प्राक्सिस इन्टरनेशनल एकेडेमी फुटबल टिम

२४ जेठ, काठमाडौँ ।
गैह्रगाउँ, सिनामंगलमा रहेको काठमाडौँ विनायक शिक्षालय (केभीएस) ले आयोजना गरेको अन्तरविद्यालय फुटबल प्रतियोगिता ‘केभीएस सुपर लिग’को उपाधिका लागि चुच्चेपाटीमा रहेको प्राक्सिस इन्टरनेशनल एकेडेमी र मध्यवानेश्वर, कात्यानी चोकमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग स्कूल शनिबार भिड्ने भएका छन् ।


ADVERTISEMENT

पिस प्वाइन्ट बोर्डिङ्ग स्कूल फुटबल टिम

शुक्रबार भएको सेमिफाइनल खेलमा पायोनियर पब्लिक स्कुललाई १/३ गोल अन्तरले पराजित गर्दै पिस प्वाइन्ट फाइन प्रवेश गरेको हो ।

सेमिफाइनल खेलमा म्यान अफ द म्याचको ट्रफी लिँदै प्राक्सिसको खेलाडी

यस्तै शुक्रबार नै भएको अर्को सेमिफाइनल खेलमा प्राक्सिसले शुभ युग स्कूललाई पराजित गर्दै फाइन पुगेको हो । निर्धारित ६० मिनेटकोे खेलमा ३/३ गोलको बराबरी भए पछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा प्राक्सिसले सुभ युगलाई ६/४ गोल अन्तरमा जित निकाल्दै फाइनको यात्रा तय गरेको हो ।

सेमिफाइनल खेलमा म्यान अफ द म्याचको ट्रफी लिँदै पिस प्वाइन्टको खेलाडी

उपाधिका लागि प्राक्सिस र पिस प्वाइन्टको फाइनल खेल शनिबार (भोली) दिउसो २ बजेदेखि हुनेछ । भोली नै समापन तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै विजयी टिम तथा विद्यार्थीलाई पुरस्कृत गरिने बताइएको छ ।

 

जेठ १५ देखि सुरु भएको ‘केभीएस सुपर लिग’ मा १६ टिमको सहभागिता रहेको थियो । समुह चरणमा लिग र सो पश्चात नकआउट चरणमा खेलहरु गरिएको थियो ।

विजयी टिमलाई क्रमस प्रथम, द्धितीय र २ टिम सेमिफाइनलिष्टलाई ५० हजार, ३० हजार र १०/१० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने केभीएसका प्रिन्सिपल सम्झना लामाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार