आइतवार, भदौ १, २०७६ | Sunday 18th August 2019

काँग्रेसले दियो मेयर चौधरीलाई चेतावनी

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकानाथ चौधरीलाई आफ्नो व्यवहार सच्याउन नेपाली काँग्रेसले चेतावनी दिएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै काँग्रेसले अहिले सरकारका तीन वटै तहबाट मानवअधिकार, विधिको शासन र प्रेस स्वतन्त्रता विरोधी काम भईरहेका भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् ।


ADVERTISEMENT

पत्रकारमाथि ठाडो धम्की दिने मेयर चौधरीको गतिविधि प्रति काँग्रेस इटहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघीय सरकार मानवअधिकार र प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सील विधेयक संसदमा दर्ता गराएर निरङ्कुशता तर्फ अघि बढिरहेको छ भने स्थानीय सरकार इटहरी उपमहानरपालिका प्रमुख सुशासन र भ्रष्टचार विरोधी आवरणमा आमसञ्चार माध्यममा असभ्य र अमर्यादित ढंगले प्रस्तुत भैरहेका छन् ।

काँग्रेसद्वारा जारी विज्ञप्तीमा भनिएको छ सार्वजनिक पद धारण गरेको व्यक्तिले कसैलाई अंगभंग गराउन एक करोड छुट्याएको छ, सुपारी नै दिइसकेको छ, अदालत र प्रहरी कमजोरका लागि मात्रै हो, म शासक हुँ, अदालत र प्रहरीलाई मान्दिन भन्नु जस्तो गैरजिम्मेवार, अलोकतान्त्रिक र संविधान विरोधी काम अरु के हुन सक्ला

आफ्नो कार्यालय परिसरमा आमसञ्चार माध्यमका अगाडि सञ्चारकर्मीलाई लोपार्ने, सिसि क्यामेरा बन्द गराएर कर्मचारी कुट्ने जस्तो निन्दनीय कार्य अरु हुन नसक्ने भन्दै काँग्रेसले यस्ता गतिविधि गर्ने इटहरी उपमहानगरपालिकाका मेयर चौधरीले आफ्नो बोलि र व्यवहार नसच्याए नेपाली काँग्रेस इटहरी कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार