बिहिबार, असार ५, २०७६ | Thursday 20th June 2019

पक्राउ परेका ‘ज्योतिषी’ ले दिए यस्तो बयान

काठमाडौँ ।
नेपालमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन कुमार थापा क्षेत्रीले प्रहरी समक्ष अनुमानको भरमा भूकम्पको भविष्यवाणी गरेको बयान दिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले अनुमानको भरमा क्षत्रीले देशमा विनाशकारी भूकम्प आउने भविष्णवाणी गरेको बयान दिएको बताएका छन् ।
क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार दिउँसो गौशाला क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । युट्युबमार्फत क्षत्रीले जेठ २८ भित्र देशमा भूकम्प नआए आफू जेल जान तयार रहेको समेत बताएका थिए ।

पक्राउ परेका क्षत्रिमाथि विपद् जोखिम व्यवस्थापन ऐन २०७४ अन्तर्गत ६ महिना कैद र १ लाख जरीवाना हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार