आइतवार, अशोज ५, २०७६ | Sunday 22nd September 2019

च्याम्पियन्स लिगको फाइनल चलिरहँदा महिला लुगा फालेर मैदानमा दौडिएपछि…

एजेन्सी । आइतबार बिहान स्पेनको मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेल चलिरहेको थियो ।


ADVERTISEMENT

करिब २० मिनेटको खेल चलिरहँदा लिभुरपुल १–० ले अघि थियो । त्यसै बेला एक महिला दर्शकको भीडबाड दौडँदै मैदानमा प्रवेश गरिन उनी आफ्ना लुगा फालेर मैदानको बीचतिर दौडिइन ।

सुरक्षार्थ खटिएका व्यक्ति उनको पछिपछि दौडिएर गए । उनलाई समातेर बाहिर ल्याए । एकैछिन रोकिएको खेल पुनः सुचारु भयो ।
अन्तराष्ट्रिय सञ्चार माध्यममा आएका खबरअनुसार उनले एक पोर्न वेब साइटको प्रचारका लागि यस्तो हर्कत गरेकी थिइन् ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार