सोमवार, असार २, २०७६ | Monday 17th June 2019

आज हावाहुरी सहित वर्षा हुने सम्भावना

काठमाडौं, १०जेष्ठ ।

शुक्रबार देशका पहाडी भू-भागहरूमा आंशिक बदलि रही अपरान्ह पछि सामान्य बदलि रही पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलि रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार