बिहिबार, असार ५, २०७६ | Thursday 20th June 2019

ओली–मोदी टेलिफोन संवाद, जितका लागि बधाई र शुभकामना

९ जेठ,काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेका छन् । प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोन गरि बधाइ दिएका छन् । भारतमा लोकसभा निर्वाचनको मत गणना चलिरहेको र जारी मत गणनामा मोदीको पार्टी भारतिय जनता पार्टी स्पष्ट बहुमत सहित सरकार चलाउँने दिशामा अगाडि बढिरहेको अवस्थामा छिमेकि मुलुक नेपालका प्रधानमन्त्री ओलीले टेलिफोन गरि मोदीलाई अग्रिम बधाइ दिएका हुन् । दिउँसो पनि टुइट गर्दै मोदीलाई बधाइ दिएका ओलीले अहिले टेलिफोन नै गरेर बधाई दिएका छन् ।

ओली मोदी कुराकानीमा अगामी दिनमा नेपाल भारत सम्बन्धलाई अझै नयाँ उचाइमा पुर्याउँदै मिलेर अघि बढ्ने कुराकानी समेत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका छन् । मतगणना जारी रहेकै बेला ट्वीटरबाट बधाई दिएका ओलीले केहीबेर अघि मोदीलाई फोन गरि बधाई दिएका हुन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले ओलीले मोदीलाई फोन गरेको बताए । सम्पन्न आम निर्वाचनमा प्राप्त सफलताको लागि बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको रिमालले बताएका छन् ।

अहिले प्रधानमन्त्री मोदीलाई विश्वभर बाट बधाइ आउने क्रम चलिरहेको छ । प्रधानमन्त्री मोदीले पनि भारतीय जनता पार्टीको जितलाई भारतको जित भएको प्रतिक्रिया दिँदै सबै मिलेर भारत बनाउँन अधि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार