बिहिबार, असार ५, २०७६ | Thursday 20th June 2019

ग्वार्को आकाशे पुलबाट हाम फालेका कीर्तिमान राईको मृत्यु

काठमाडौं ।

आकाशे पुलबाट हाम फालेर ताप्लेजुङ हाङताङ गाउँपालिका–२ घर भई हाल काठमाडौं कोटेश्वर बस्दै आएका वर्ष ६० को कीर्तिमान राईले आत्महत्या गरेका छन् ।

राईले कोटेश्वर–कलंकी सडकखण्डको ग्वार्कोमा रहेको आकाशे पुलबाट हाम फालेर आत्महत्याको प्रयास गरेको  महानगरीय प्रहरी वृत सातदोबाटोका प्रमुख (डीएसपी) गौतम मिश्रले जानकारी दिए ।

पूर्व ब्रिटिस आर्मी समेत रहेका राई गम्भीर घाइते भएपछि उनलाई नजिकैको बीएण्डबी अस्पतालमा उपचारको लागि लगिएको थियो । मानसिक रोगी रहेका राईको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो । राईका छोराछोरी भने बेलायतमा बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार