शिवपुरी गाउँपालिकामा नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुले भ्रमण खर्च नलिने घोषणा

नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’बाट निर्वाचित जनप्रतिनिधिहरुले भ्रमण खर्च नलिने घोषणा गरेका छन् ।
बैशाख ३१ गते बसेको नेकपाको संसदीय दल बैठकबाट भ्रमण खर्च नलिने घोषणा गरिएको हो ।
उक्त घोषणामा संसदीय दलका नेता पदम बहादुर थपलिया, उपनेता सिताराम थापा, प्रमुख सचेतक सन्तोष थापा, सचेतक मन्जु लामिछाने पोखरेल, वडा सदस्य रेशम बहादुर मोक्तान, दिपक थपलिया, लक्ष्मी मिजारले सहमति जनाएका थिए ।
केटिएम खबरसंग कुराकानी गर्दै प्रमुख सचेतक सन्तोष थापा भन्छन्, जनताको सेवा गर्न भनेर निर्वाचित भएर आएका हामी जनप्रतिनिधिहरु जनताले तिरेको करबाट विभिन्न शिर्षकमा भ्रमणहरु गरेर २५–३० लाख बजेट खर्च गर्नु भन्दा गाउँपालिकालाई आवश्यक कर्मचारीहरु नियुक्ति गरेर जनताको कामहरु छिटो, छरितो गरि जनताको सेवा गर्नु राम्रो हुन्छ ।
जस्तो अहिले बृद्ध बृद्धा तथा अपाङ्गहरुले पाउँने भत्ता बैकिङ्ग प्रणालीमा गएपछि बृद्ध–बृद्धा तथा अपाङ्गहरुले ठुलो दुःख कष्ट पर्दै आएको छ । टाढा–टाढाबाट हिडेर गाउँपालिकासम्म धाउनु परेको छ । यातायातको सुविधा छैन । बरु यस्ता भ्रमण गरेर खर्च गर्ने बजेटले बैँकसंग सहकार्य गरेर आवश्यक कर्मचारी नियुक्ति गरि जनताका घर–घरमा पुगेर सेवा दिन नसके पनि कमसेकम आ–आफ्नो वडाबाट भत्ता वितरण गर्न सके पनि बृद्ध–बृद्धा तथा अपाङ्ग भएका जनतालाई ठुलो राहत मिल्थ्यो भन्ने महशुस गरेर हामी नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु गाउँपालिकाले छुट्याएको बजेटबाट भ्रमण नजाने निर्णय गरिएको प्रमुख सचेतक थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार