अत्याधुनिक सेवासहित ‘शिवपुरी हेल्थ केयर सेन्टर’ संचालनमा

काठमाडौँ ।
बूढानिलकण्ठ नगरपालिका वडा नम्वर ७, हात्तीगौडामा अत्याधुनिक सेवासहित ‘शिवपुरी हेल्थ केयर सेन्टर’ संचालनमा आएको छ।
शनिबार औपचारिक उद्घाटन गर्दै शिवपुरी हेल्थ केयरले आफ्नो सेवा सुरु गरेको हो ।


बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलको प्रमुख आतिथ्यतामा गरिएको उक्त उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य भिमसेन खत्री, वडाअध्यक्ष शम्भु भट्टराई, वडाअध्यक्ष राजु अधिकारी, विभिन्न जनप्रतिनिधि, स्थानिय राजनीतिकर्मी, समाजसेवी, स्थानिय व्यक्ति लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।


मेयर खरेलले उक्त हेल्थ केयरको उद्घाटन गर्नु भयो । उद्दघाटन पछि कार्यक्रममा बोल्नुहुदै मेयर खरेलले नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै गुणस्तरीय सेवामा ध्यान दिन आग्रह गर्नुभयो ।


ओ पी डी, दन्त चिकत्सा ,अल्ट्रा साउण्ड,डिजिटल एक्स रे, इसिजी,२४ सै घण्टा इमर्जेन्सी लागायत स्वास्थ्य क्षेत्रका विभिन्न सेवाहरुमा उपचार सेवा उपलब्ध हुने शिवपुरी हेल्थ केयरमा त्यस छेत्रका बासिन्दाले सर्व सुलभ तरिकाले स्वास्थ्य सेवा पाउने अध्यक्ष दिलिपकुमार खड्काले जानकारी दिनु भयो ।


हेल्थ केयर प्रालिले सेवा शुभारम्भ र नयाँ वर्षको अवसरमा सेवाग्राहीहरुलाई बैशाख महिनाभर विशेष छुटसहित उपचार सेवा दिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार