आइतवार, अशोज ५, २०७६ | Sunday 22nd September 2019

समय

 


ADVERTISEMENT

  • मसँग पर्याप्त समय छैन भनेर नभन्नुस । तपाईंसँग एक दिनमा त्यति नै समय छ जति हेलनकिलर, लुइपाश्चर, मामइकल एन्जेलो, मदर टेरेसा, लियोनार्दाे दा भिन्ची, थोमस जेफरसन र अल्बर्ट आइन्स्टाइनसँग थियो । एचज्याक्सन ब्राउन
  • तपाईंको समय तपाईको जीवन हो । त्यस कारण तपार्ईले कसैलाई दिने महत्वपूर्ण उपहार तपाईंको समय हो । रिचवारेन
  • मानिससँग सबै भन्दा थोरै समय हुन्छ तर सबै भन्दा बढी उसले त्यसैको दुरपयोग गर्छ ।
  •  समय नफर्कन्छ, न पर्खन्छ । त्यसैले आफ्नो होस या अरुको व्यर्थैमा खेर नफालौं ।

क्यालेण्डर फेरिदै गर्दा अहिले पालो २०७६ सालको आयो । प्रत्येक वर्ष यसरी नै क्यालेण्डहरु फेरिने गर्छ । क्यालेण्डर समयको प्रतिकहो । जीवन समय हो । केटाकेटी, युवा, वुढेसकाल सबै समय हुन ।

समयलाई दोस्रो मुटु मानिन्छ । तर मानिसहरुले जति समयलाई बुझ्नुपर्ने हो त्यति बुझेका छैनन । त्यसैले होला यहाँ धेरैको समय चुरोटको धुवाँमा उड्छ । सुर्तीको फ्वाँकमा उड्छ । रक्सीको वोतलमा उड्छ । आलस्यको आलमा डुब्छ । चिन्ताको चितामा जल्छ । तासको पत्तीमा उड्छ । झुठ र ठगको तानाबाना बुन्दैमा वित्छ । समय यहाँ धेरैको त्यसै त्यसै जल्छ । त्यसकारण नयाँ वर्षको सन्दर्भमा समयको केही चर्चा गरौं । समयलाई कसरी सके सम्म प्रभावकारी रुपमा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा केही चिन्तनन् गरौं ।

२१ औं शताब्दीको प्रगतिको होडबाजीमा हरेक व्यक्तिले समयलाई बुझ्नै पर्छ । जब सम्म हामीले समय र यसको सही सदुपयोग बुझ्दैनौ तबसम्म समय छैन वा टाइम पास गरेको निभनेर समय खेर फालेको पत्तै हुँदैन । छोटकरीमा चर्चा गरौं । प्रत्येक दिन हामीसँग २४ घण्टा समय छ तर ती सबै समय हाम्रो नियन्त्रणमा छैन । हामीले थोरै समय माथि मात्र नियन्त्रणमा राखेका हुन्छौं । यदि हामीले ८ घण्टा सुत्नमा, ३ घण्टा खानामा, स्नान, पोसाक लगाउन लगायत अन्य काममा बितायौं भने हाम्रो हातमा १३ घण्टा मात्र बच्दछ । अर्थात् जीवनमा ५४ प्रतिशत समय माथि मात्र हाम्रो नियन्त्रण हुन्छ बाँकी ४६ प्रतिशत समय हाम्रो नियन्त्रण भन्दा बाहिर हुन्छ । त्यो ५४ प्रतिशत मध्ये कति समय ज्ञान प्राप्त गर्न, विस्तार गर्न, स्वास्थ्य कायम गर्न, सम्पत्ति जोड्न, परवारसँग बिताउन सामाजिक कार्यमा संलग्न हुन लगायतकार्यमा बित्दछ । हामीलाई सम्भवत त्यसका सही हिसाब किताब थाहा छैन । हाम्रो कुनै निश्चित योजना छैन, समय छैन । वास्तवमा हामीसँग थोरै समय छ गरिखान यो धर्तीमा । तर, समयको बोध भयो भने थोरै समयमा पनि धेरै गर्न सकिन्छ ।

समयलाई बुझ्न हामीसँग अब कति समय छ, एक पटक हिसाब किताब गरौं । हाम्रो आयुलाई ७५ वर्ष मान्ने हो भने हामीसँग २७,३६५ दिन समय हुन्छ । हामीसँग त्यसमा कति दिन बितिसक्यो, कति बाँकी छ, हिसाब गरिहालौं । त्यस्तै समयलाई थपबुझ्न हाम्रो आम्दानीतर्फ पनि हेरौं त । हाम्रो एक घण्टाको मुल्य हाम्रो आम्दानी/कामको घण्टा ।

यस बाट हाम्रो एक घण्टाको मुल्य पत्ता लाग्नेछ । हिसाब गर्दा कसैको प्रति घण्टा आम्दानी रु २०० रहेछ भने यदि उसले एक घण्टा मात्र बर्बाद ग¥यो भने २०० रुपैयाँ नोक्सान पर्छ । यसरी सुक्ष्म रुपले हामीले समयलाई राम्ररी बुझ्नुपर्छ । र हरेक पलपल रचनात्मक प्रयोग गर्नुपर्छ । र हरेक पलपल रचनात्मक प्रयोग गर्नुपर्छ । हामी जहाँ भए पनि जहाँ गए पनि मस्तिष्कमा एउटा घण्टाघर बनाउनुपर्छ ताकि हामीलाई समयको सदुपयोगबारे होस रहोस । मैले सुनेको छु नेपोलियन सेनासँग युद्धका लागि जाँदा बाटोमा पत्र लेखेर समयको सदुपयोग गर्दथे रे । वैज्ञानिक थोमस एडिसन पनि समयलाई असाध्यै सचेत भएर प्रयोग गर्दथे । रेलबाट यात्रा गर्दा पनि आफ्नो प्रयोगको विषयमा जुट्थे । संसारको धनी बिल गेट्स यात्राको समय मोबाइलमा जरुरी कुरा गरेर समयको उपयोग गर्दथे । यसरी मिनेट मिनेटलाई हामी उपयोग गरी सफलता हासिल गर्न सक्छौं । अर्काेतर्फ हामी सबैले आफ्नो मुख्य समय (Prime Time) चिन्नुुपर्दछ । टेलिभिजनले ८ बजेको समयलाई Prime Time मान्दछ । त्यसबेला प्रसारण गरिएको विज्ञापन शुल्क अरु बेलाको भन्दा बढी हुन्छ । त्यस बेला जति धेरै समय विज्ञापन प्रसारण गर्यो उत्ति नै धेरै आम्दानी हुन्छ । ठीक त्यसै गरी हामी सबैको कुनै निश्चित समय मुख्य समय हुन्छ । त्यसलाई पहिचान गरी सकेसम्म त्यसको कसरी उपयोग गर्दछौं त्यसैमा हाम्रो सफलता निर्भर गर्दछ । त्यसैले समयलाई राम्रारी बुझी त्यसको भरपुर उपयोग गरौं । अन्यथा समय बितेपछि पश्चातपको आगोमा हामी सबै डढ्नुपर्ने हुन्छ ।

नयाँ समयको प्रयोग नयाँ योजनाका साथ गरौं । नयाँ समय पुरानो तालनहोस । यो दुर्लभ जीवनलाई अझ महान बनाउँ । डायरीमा नयाँ वर्षका हाम्रा योजनाहरु निर्माण गरौं । जीवनलाई सफल बनाउँ ।

अन्त्यमा, यो आलेखको शिरानीमा बिछ्याएको विभिन्न समय सम्बन्धी अमूल्य भनाइहरु प्रिय पाठकहरुलाई मेरो स–प्रेम नयाँ वर्षको २०७६ को हार्दिक शुभकामना ।

विवेक विनयी
प्रिन्सिपल, जुगल स्कूल/कलेज, कपन

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार