बुधबार, असार ४, २०७६ | Wednesday 19th June 2019

आस्था आर्ट्सले गर्यो नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम

२८ चैत्र, काठमाडौँ ।
आस्था आर्ट्स एकेडेमीले नव वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
सुकेधारामा रहेको दर्शन पार्टी प्यालेसमा बिहिबार (आज) आस्था आर्ट्स एकेडेमीसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थितिमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको थियो ।


उक्त अवसरमा शनिबार भएको दोश्रो साधारणसभाबाट चयन भएका कार्यसमितिलाई बधाई तथा शुभकामना पनि दिइएको थियो ।
दोश्रो साधारणसभाबाट आस्था आर्टस एकेडेमीको अध्यक्षमा राजन श्रेष्ठ, कार्यसमिति सदस्यहरुमा क्रमस राजेन्द्र थापा, सिताराम बिष्ट, तारा अधिकारी, विरेन्द्र लामिछाने लगायत चयन भएका छन् भने प्रमुख संरक्षकमा भुवन चन्द र संरक्षकमा निवर्तमान अध्यक्ष रमेश थापालाई चयन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार