आइतवार, अशोज ५, २०७६ | Sunday 22nd September 2019

‘साम्तेन स्टार सिजन–४’ सम्पन्न (भिडियो)

२७ चैत्र, काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले ‘साम्तेन स्टार सिजन–४’ सम्पन्न गरेको छ ।


ADVERTISEMENT


चैत्र २६ गते मंगलबार विद्यार्थी एवं अभिभावकहरुको उल्लेख्य उपस्थितिमा ‘साम्तेन स्टार सिजन–४’ सम्पन्न गरिएको हो ।


प्रो. डा. खगेन्द्र प्रसाद लुइटेलको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा डा. विष्णु कुमार केसी, साम्तेनका संस्थापक निमा शेर्पा, नायक रमेश उप्रेती, गायिका मिना निरौला, प्रथम महिला संगितकार रेखा पौडेल, बुनपा–११ का वडाअध्यक्ष राजु अधिकारी, स्याटका अध्यक्ष विजय खरेल, प्याब्सन काठमाडौँका सदस्य एवं जुगल इङिलस मिडियम स्कुलका प्रिन्सिपल विवेक विनयी, स्याट उपाध्यक्ष विनय श्रेष्ठ, गायक विष्लप खड्का, विभिन्न स्कुलका प्रिन्सिपल, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमका सभापति एवं साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका अध्यक्ष निम्तो शेर्पा र प्रमुख अतिथि प्रो. डा. खगेन्द्र प्रसाद लुइटेलले एक अर्कालाई माला लगाएर कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।


साम्तेन डान्सिङ्ग स्टार, साम्तेन सिङ्गिङ स्टार, साम्तेन राइटिङ्ग स्टार, साम्तेन स्पिकिङ्ग स्टार, मिस एण्ड मिस्टर साम्तेन गरि पाच विधामा साम्तेन स्टार सिजन–४ आयोजना गरिएको थियो ।


जसमा साम्तेन डान्सिङ्ग स्टार डेछेन शेर्पा, साम्तेन सिङ्गिङ स्टार नगिना सांमु शेर्पा, साम्तेन राइटिङ्ग स्टार कृष्मा भारती, साम्तेन स्पिकिङ्ग स्टार सलिना रुम्बा, मिस साम्तेन युनिशा तामाङ, मिस्टर साम्तेन निमा तेन्जिङ शेर्पा भएका छन् । मिस साम्तेन फस्र्ट रनरअप कर्साङ शेर्पा र मिस साम्तेन सेकेण्ड रनरअप श्रृजना राई भएकी छिन् ।
यस्तै वर्ष विद्यार्थी नगिना सांमु शेर्पा भएकी छिन् ।


विजयी विद्यार्थीहरुलाई मंगलबार नै ट्रफीद्धारा पुरस्कृत गरिएको थियो ।


कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन प्रस्तुत गरेका थिए ।


गायिका मिना निरौला, गायक विष्लब खड्काले समेत आफ्नो विशेष प्रस्तुतिद्धारा उपस्थित सम्पुर्णमा थप मनोरञ्जन प्रदान गरेका थिए ।


उक्त अवसरमा डा. विष्णु कुमार केसी, नायक रमेश उप्रेती, गायिका मिना निरौला, प्रथम महिला संगितकार रेखा पौडेललाई विशेष सम्मान गरिएको थियो ।


कार्यक्रम बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका प्रिन्सिपल शक्ति राज नेपालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार