आस्था आर्ट एकेडेमीको अध्यक्षमा श्रेष्ठ

२६ चैत्र, काठमाडौँ ।
आस्था आर्ट एकेडेमीको अध्यक्षमा राजन श्रेष्ठ सर्वसहमत चयन भएका छन् । शनिबार भएको दोश्रो साधारणसभाबाट श्रेष्ठ सहित सात सदस्य कार्यसमिति चयन भएका हुन् ।


चक्रपथ, महाराजगंजमा भएको उक्त साधारणसभाबाट अध्यक्षमा राजन श्रेष्ठ कार्यसमिति सदस्यहरुमा क्रमस राजेन्द्र थापा, सिताराम बिष्ट, तारा अधिकारी, विरेन्द्र लामिछाने लगायत चयन भएका छन् ।


प्रमुख संरक्षकमा भुवन चन्द र संरक्षकमा निवर्तमान अध्यक्ष रमेश थापालाई चयन गरिएको छ ।


२०७२ सालमा स्थापना भएको आस्था आर्ट एकेडेमीले टेलिभिजन रियालिटी शो ‘आई क्यान डान्स’ को पहिलो सिजन सफलता पुर्वक सम्पन्न गरि सकेको छ । चाडै नै आई क्यान डान्स सिजन २ लाई सुरु गरिने अध्यक्ष श्रेष्ठले केटिएम खबरसंग कुराकानी गर्दै बताए । विभिन्न राष्ट्रिय स्तरका कार्यक्रम, विद्यालय स्तरिय प्रतियोगिता लगायत विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने योजनामा आफु केन्द्रित रहने अध्यक्ष श्रेष्ठ भन्छन् ।


यस्तै आस्था आर्ट एकेडेमीले चैत्र २८ गते बिहिबार साझँ ५ बजे सुकेधारामा रहेको दर्शन पार्टी प्यालेसमा नयाँ कार्यसमितिलाई बधाई तथा नव वर्ष २०७६ को शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार